close

ईमेलमा फाइल पठाउन बिर्सिनुभयो ? अब जिमेलले नै सम्झाइदिने छ

टेकपाना टेकपाना

भदौ ४, २०८१ १३:३९

ईमेलमा फाइल पठाउन बिर्सिनुभयो ? अब जिमेलले नै सम्झाइदिने छ

काठमाडौं । ईमेल पठाउँदा फाइल अट्याच गर्न बिर्सिए अब जिमेलले नै सम्झाइदिने भएको छ । गुगलले जिमेलमा हालै यस्तो फिचर ल्याएको हो । 

कतिपय प्रयोगकर्ताले ईमेल लेखिरहँदा आवश्यक फाइलहरू ‘अट्याच गरेर पठाएको छु’ भनेर लेखेका हुन्छन् । तर, विभिन्न कारणले फाइल अट्याच गर्न बिर्सिन सकिन्छ ।

यसैलाई मध्यनजर गर्दै गुगलले ‘फाइल अट्याच गर्नुहोस्’ भनेर सम्झाइदिने फिचर ल्याएको छ ।

यदि तपाईंले ईमेल लेख्दा ‘सि अट्याच्ड’ (See Attached) वा फाइलहरू अट्याच गरेको छु भनेर लेख्नु भएको छ र पठाउने बेला फाइल अट्याच गर्नुभएन भने त्यहाँ एउटा पपअप देखिन्छ । सो पपअपमा तपाईंले ‘फाइल अट्याच गर्न बिर्सिनु भयो जस्तो देखिन्छ’ (It Seems like you forgot to attach a file) लेखिएको हुन्छ ।

यदि तपाईंलाई बिर्सिएको भन्ने लाग्यो भने क्यान्सिल (Cancel) बटनमा क्लिक गरेर फाइल अट्याच गर्न सक्नुहुन्छ । तर फाइल अट्याच गर्न आवश्यक छैन भने ‘ओके’ (OK) बटनमा क्लिक गर्नुपर्छ ।

पछिल्लो अध्यावधिक: भदौ ४, २०८१ १५:५४