काठमाडौं । नियो स्टोरले काठमाडौं बाहिर पहिलो पटक आफ्नो शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो छैटौं आउटलेटको रूपमा गत ३२ साउनदेखि नदीपुर कोर्टयार्ड पोखरामा शोरुम सञ्चालनमा ल्याएको हो ।
कम्पनीका अनुसार यस शोरुममा डेल, असुस, एचपी, र्यापु, माइक्रोप्याक, क्यानन, ब्रदर, डिजिकम, क्यासपरस्काई, सामसङ, रेड्मी, वनप्लस, ओप्पो, फिलिप्स लगायत ब्रान्डका विभिन्न उत्पादनहरू खरिद गर्न सकिन्छ ।
त्यस्तै, शून्य प्रतिशत ईएमआईमै डेल, असुसजस्ता ब्रान्डका ल्यापटप खरिद गर्न सकिने अफर पनि यस शोरुममा उपलब्ध छ । यसका लागि सुरुमा ४० प्रतिशत रकम मात्र भुक्तानी गरे पुग्नेछ । बाँकी ६० प्रतिशत रकम तीन, छ, नौ वा १२ महिनाका लागि ईएमआईमा भुक्तानी गर्न सकिन्छ ।
नयाँ शोरुमले पोखरा र वरपरका ग्राहकहरूलाई विभिन्न ग्याजेट्स खरिद गर्न सजिलो बनाउने कम्पनीले विश्वास लिएको छ ।
नियो स्टोरका ग्राहकले अनलाइनमार्फत पनि सामान खरिद गर्न सक्नेछन् । हाल नियो स्टोरका कमलादी, जावलाखेल, माइतीघर, न्यू रोड र लबिम मलमा शोरुम सञ्चालनमा रहेका छन् ।
यससँगै नियो स्टोरले डेल ब्रान्डका विभिन्न नयाँ ल्यापटप उपभोक्ताका लागि उपलब्ध गराएको छ । यसअन्तर्गत १४ इन्चको इन्सपिरन ५४४० मोडेलको मूल्य एक लाख २५ हजार रुपैयाँ तोकिएको छ । यो १६ जीबी र्याम भेरियन्टको ल्यापटप हो । कोर फाइभ १२ ओयूमा आधारित यस ल्यापटपमा ब्याकलिट किबोर्ड, फिङ्गरप्रिन्ट र फुल एचडी प्लस डिस्प्लेको सुविधा छ ।
त्यस्तै कम्पनीले ल्याएको १६ इन्चको इन्सपिरन ५६४५ मोडेलको मूल्य एक लाख १३ हजार ५० रुपैयाँ तोकिएको छ । यो मूल्य ८ जीबी र्याम भेरियन्टको हो । यसमा र्याडियोन ग्राफिक्स, ब्याकलिट किबोर्ड, फिङ्गरप्रिन्ट, फुल एचडी प्लस डिस्प्लेको फिचर समावेश छ ।
कम्पनीले ल्याएको १३ इन्चको एक्सपीएस ९३४० मोडेल पनि आकर्षक मूल्यमा उपलब्ध छ । कम्पनीले यसको सुरुवाती मूल्य दुई लाख ६५ हजार ८०० रुपैयाँ तोकेको छ । इन्टेल कोर अल्ट्रा सेभेन प्रोसेसर १५५ एचमा आधारित यस ल्यापटपमा इन्टेल आर्क ग्राफिक्स राखिएको छ । त्यसबाहेक १३.४ इन्च फुल एचडी प्लस डिस्प्ले, फिङ्गरप्रिन्ट रिडरको सुविधा भएको ब्याकलिट किबोर्ड यस ल्यापटपमा पाउन सकिन्छ ।
त्यसैगरी कम्पनीले सुरुवाती मूल्य ७८ हजार १०० पर्ने १५ इन्चको इन्सपिरन ३५३० ल्यापटप पनि ल्याएको छ । यसमा एफएचडी डिस्प्ले छ भने इन्टेल यूएचडी प्रोसेसर राखिएको छ । यो १३ औं पुस्ताको आईथ्री ल्यापटप हो ।
बजारमा ल्याइएको १६ इन्चको इन्सपिरन ५६४० को मूल्य एक लाख ६९ हजार २०० रुपैयाँ तोकिएको छ । यसमा इन्टेल कोर सेभेन प्रोसेसर १५० यू राखिएको छ । यसमा एनभिदियाको जीफोर्स एमएस ५७० ए ग्राफिक्स पाउन सकिन्छ । ब्याकलिट किबोर्ड र फिङ्गरप्रिन्ट सेन्सर फिचर यसका अतिरिक्त फिचर हुन् ।
यसका साथै कम्पनीले नयाँ भित्र्याएको डेलको ल्यापटपमा १४ इन्चको एक्सपीएस ९४४० ल्यापटप पनि रहेको छ । कम्पनीले यसको सुरुवाती मूल्य चार लाख २३ हजार १०० रुपैयाँ कायम गरेको छ । यसमा १४.५ इन्चको ३.२ के ओलेड इन्फाइनिटी एज टच डिस्प्ले रहेको छ ।
प्रोसेसरको सन्दर्भमा यसमा इन्टेल कोर अल्ट्रा सेभेन प्रोसेसर १५५ एच रहेको छ । एनभिदिया जीफोर्स आर्टिएक्स ग्राफिक्स यसमा समावेश गरोएको छ । ब्याकलिट किबोर्ड, फिङ्गरप्रिन्ट सेन्सर, माइक्रोसफ्ट अफिस होम यसका अतिरिक्त फिचर हुन् ।
कम्पनीले भित्र्याएको अर्को ल्यापटपमा १६ इन्चको एक्सपीएस ९६४० पनि रहेको छ । यसको मूल्य पाँच लाख २६ हजार १५० रुपैयाँ तोकिएको छ । ३२ जीबी र्याम, १ टीबी स्टोरेज भएको यस ल्यापटपमा जीफोर्स आरटीएक्स ४०६० ८ जीबी ग्राफिक्स समावेश गरिएको छ । टचस्क्रिनको सुविधा भएको यस ल्यापटपमा ब्याकलिट किबोर्ड, फिङ्गरप्रिन्ट सेन्सर र यूएचडी प्लस डिस्प्लेको सुविधा दिइएको छ ।
कम्पनीले ल्याएको अर्को ल्यापटप हो, १५ इन्चको इन्सपिरन ३५२० । यसको सुरुवाती मूल्य कम्पनीले ६६ हजार ४०० रुपैयाँ तोकेको छ । यसमा १२ औं पुस्ताको इन्टेल कोर आईफाइभ १२३५ यू प्रोसेसर राखिएको छ । ग्राफिक्सको सन्दर्भमा यसमा इन्टेल यूएचडी ग्राफिक्स रहेको छ ।