close

काम छिटो र सजिलोगरी सक्न विन्डोज प्रयोगकर्ताले थाहा पाउनैपर्ने शर्टकट कीहरू

टेकपाना टेकपाना

भदौ २२, २०८१ १७:३६

काम छिटो र सजिलोगरी सक्न विन्डोज प्रयोगकर्ताले थाहा पाउनैपर्ने शर्टकट कीहरू

काठमाडौं । मान्छेलाई छोटो तरिका थाहा पाउन मन लाग्छ । त्यही काम सजिलै हुन्छ भने, उसले अप्ठ्यारो बाटो रोज्दैन । अब यो कुरा कम्प्युटरमा लागू नहुने कुरै हुँदैन । ल्यापटप, डेस्कटप दुवैमा त्यस्ता अनेकौं शर्टकट की हुन्छन्, जसको सहायतामा अलि लामो प्रक्रियाबाट गर्नुपर्ने काम छोटो तरिकाबाट गर्न सकिन्छ ।

कम्प्युटरमा कपि गर्ने, पेस्ट गर्ने शर्टकट कीबारे त तपाईंलाई पक्कै थाहा होला । तर विन्डोजमा त्यस्ता थुप्रै शर्टकट पाइन्छन् । आज हामी माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टमको जुनसुकै भर्सन प्रयोग गर्ने प्रयोगकर्ताका लागि उपयुक्त हुने शर्टकट कीबारे जानकारी दिँदैछौं:

सामान्य कीहरू

  • Ctrl + A: कुनै पनि तस्वीर वा अक्षर छनोट गर्न
  • Ctrl + C अथवा Ctrl + Insert: कुनै पनि तस्वीर, शब्द वा अन्य सामग्री कपी तथा हाइलाइट गर्न
  • Ctrl + V वा Shift + Insert: सेलेक्ट गरेको वा कपी गरेको सामग्री अन्यत्र पेस्ट गर्न
  • Ctrl + X: सेलेक्ट अथवा हाइलाइट गरेका सामग्री डिलिट गर्न
  • Ctrl + Z: पहिले गरिरहेको काम फर्काउन वा मेटिएका शब्द, तस्वीर, भिडिओ तत्काल पहिलेको ठाउँमा फर्काउन
  • Ctrl + Y: पहिले गरेको काम दोहोर्‍याउन
  • Ctrl + N: नयाँ फाइल एक्स्प्लोरर खोल्न, नयाँ फोल्डर बनाउन वा नयाँ ट्याब खोल्न
  • Windows key + F1: विन्डोज कसरी प्रयोग गर्ने भनेर आफ्नो ब्राउजरमा खोज्न
  • Alt + Tab: एप वा विन्डो एकअर्कामा साटफेर गर्न
  • Shift + Delete: सेलेक्ट गरेको सामग्री सधैंका लागि मेटाउन

स्टार्ट मेनु र टास्कबारका शर्टकटहरू

  • Windows key अथवा Ctrl + Esc: स्टार्ट मेनु खोल्न
  • Windows key + X: गोप्य स्टार्ट मेनु खोल्न
  • Windows key + T: खोलिरहेको एप वा विन्डो छनोट गर्न
  • Windows key + [Number]: टास्कबारमा भएको एप वा विन्डो सोही नम्बर टाइप गरी एकैचोटि खोल्न (जस्तै: Windows key + 1)

विन्डोजमा स्क्रिनशट लिन प्रयोग हुने कीहरू

  • PrtScn: पूरा स्क्रिनको स्क्रिनशट लिन, जुन तपाईंको क्लिपबोर्डमा बस्छ
  • Windows key + PrtScn: पूरा स्क्रिनको स्क्रिनशट लिन, जुन तपाईंको कम्प्युटरमा भएको फोल्डरमा सेभ गर्न सकिन्छ
  • Windows key + Shift + S: स्निपिङ टुल खोल्न र स्क्रिनको आवश्यक भाग मात्रको स्क्रिनशट लिन

डेस्कटपका शर्टकटहरू

  • Windows key + M: खोलिएका सबै विन्डोहरू मिनिमाइज गर्न
  • Windows key + Shift + M: मिनिमाइज गरेको विन्डोहरू रिस्टोर गर्न
  • Windows key + Home: छनोट गरिएको विन्डोबाहेक अन्य सबै विन्डो मिनिमाइज गर्न
  • Windows key + Up arrow: सेलेक्ट गरिएको विन्डो म्याक्सिमाइज गर्न

विन्डोज कीहरू

यी शर्टकटहरूले विन्डोज लोगो की प्रयोग गरेर अन्य विन्डोज तथा थर्ड पार्टी एपहरू खोल्न मद्दत गर्छन्:

  • Windows key + A: एक्सन सेन्टर खोल्न
  • Windows key + C: माइक्रोसफ्ट कोपाइलट खोल्न
  • Windows key + E: फाइल एक्सप्लोरर खोल्न
  • Windows key + I: सेटिङ मेनु खोल्न
  • Windows key + L: कम्प्युटर लक गर्न

पछिल्लो अध्यावधिक: भदौ २२, २०८१ १७:४८