काठमाडौं । बेन्को मोबाइल नेपालले ‘भी९१ सी’ फोनको डिस्प्ले निःशुल्क फेरिदिने स्किम ल्याएको छ । फोन खरिद गरेको ९० दिनभित्र केही गरी डिस्प्ले फुटेमा कम्पनीले एक पटक निःशुल्क नयाँ डिस्प्ले परिवर्तन गरिदिने अफर ल्याएको हो ।
आज सोमबारदेखि सुरु भएको यो अफर २२ कात्तिकसम्म चल्नेछ । कम्पनीका अनुसार यो अफर बेन्को भी ९१ सी फोन खरिद गर्ने ग्राहकहरूको हकमा मात्र लागु हुनेछ ।
कम्पनीले यसमा केही सर्तहरू पनि राखेको छ । यस अन्तर्गत फोनको डिस्प्ले एक पटक मात्र फेरिनेछ । ग्राहकले डिस्प्ले फेर्नका लागि आधिकारिक रसिद र वारेन्टी कार्ड उपलब्ध गराउनु पर्नेछ ।
डिस्प्ले बिग्रिएको विषय बेन्कोको आधिकारिक सर्भिस सेन्टरले प्रमाणीकरण गरिसकेपछि मात्र लागु हुनेछ । जानी जानी नोक्सान पुर्याएको, पानीमा परेर बिग्रिएको वा अनधिकृत सर्भिस सेन्टरबाट मर्मत गराएको फोनको हकमा यो अफर लागु नहुने कम्पनीले स्पष्ट पारेको छ ।