close

फोन पेबाट दक्षिणा दिँदा हजार रुपैयाँ क्यासब्याक पाउने अवसर

टेकपाना टेकपाना

असोज २६, २०८१ १०:४९

फोन पेबाट दक्षिणा दिँदा हजार रुपैयाँ क्यासब्याक पाउने अवसर

काठमाडौँ । दक्षिणा दिँदा फोन पे डाइरेक्ट प्रयोग गर्ने प्रयोगकर्तामध्ये १०० जनाले हजार रुपैयाँ क्याशब्याक पाउने भएका छन् । नेपालीहरूको महान चाड विजया दशमीलाई लक्षित गर्दै कम्पनीले डिजिटल दक्षिणा प्रवर्द्धन गर्न यस्तो नीति ल्याएको हो ।  

यसका लागि दक्षिणा दिँदा फोन पे डाइरेक्ट प्रयोग गर्नुपर्ने हुन्छ। फोन पे डाइरेक्ट मोबाइल बैंकिङ एपबाट सोझै मोबाइल नम्बरकै भरमा बैंक खातामा रकम पठाउने तरिका हो । फोन पे डाइरेक्ट गर्दा रिमार्क्समा दक्षिणा (DAKSHINA) लेख्नुपर्ने हुन्छ । त्यसबाट छनोट भएका भाग्यशाली १०० प्रयोगकर्ताले हजार रुपैयाँ क्याशब्याक पाउन सक्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २६, २०८१ १०:४९