close

अनलाइन ठगीबाट बच्न राष्ट्र बैंकका ४ टिप्स

टेकपाना टेकपाना

असोज २९, २०८१ १९:३८

अनलाइन ठगीबाट बच्न राष्ट्र बैंकका ४ टिप्स

काठमाडौं । इन्टरनेटको व्यापक प्रयोगसँगै नेपालमा अनलाइन ठगीका घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन् । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई यस्ता ठगीबाट जोगिन विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

ह्वाट्सएप, मेसेन्जर, भाइबर, टेलिग्राम, एसएमएस जस्ता प्लेटफर्महरू ठगहरूले प्रयोग गर्ने मुख्य माध्यम बनेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।  यस्ता माध्यमबाट ठगहरूले "तपाईंले महँगो मोबाइल, सुनको पुरस्कार जित्नुभयो" भन्ने जस्ता झुटा सन्देश पठाउँछन्, जसको मुख्य उद्देश्य तपाईंको व्यक्तिगत र वित्तीय विवरण चोर्नु हो ।

ठगहरूले तपाईंलाई छिटो धनी बनाउने भन्दै क्रिप्टोकरेन्सी, फोरेक्स वा अनलाइन बेटिङमा लगानीको प्रस्ताव गर्छन् । यस्तो प्रस्तावले धेरैको बैंक खाता र व्यक्तिगत जानकारी चोर्ने प्रयास गर्छ ।

सुरक्षित रहन यी टिप्सहरू अपनाउनुहोस्:

-अपरिचित व्यक्तिबाट आएका सन्देशलाई बेवास्ता गर्नुहोस् । कुनै पनि अपरिचित नम्बर वा व्यक्तिबाट आएको सन्देश वा कल तुरुन्तै विश्वास नगर्नुहोस् ।

-सन्देशको सत्यता जाँच गर्नुहोस् । चिनजानका व्यक्तिबाटै आए पनि आर्थिक सहयोगको सन्देश आएमा पहिले सत्यता पुष्टि गर्नुहोस् ।

-अझ सतर्क रहनुहोस् । ह्वाट्सएप, मेसेन्जर जस्ता प्लेटफर्ममा आउने सन्देशहरूले तत्काल प्रतिक्रिया नदिनुहोस् ।

-निजी विवरण कसैसँग नबाँड्नुहोस् । तपाईंको बैंक खाता वा व्यक्तिगत विवरण अनलाइनमा शेयर गर्दा सधैं सावधान रहनुहोस् ।

-आकर्षक प्रस्तावमा नफस्नुहोस् । छोटो समयमा धेरै फाइदा हुने भन्दै आउने लगानीको प्रस्तावहरूबाट सचेत रहनुहोस् ।

नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा अझ सावधानी अपनाउन आग्रह गर्दै ठगीका घटनाहरूबाट सुरक्षित रहन विशेष ध्यान दिन अनुरोध गरेको छ ।


 

पछिल्लो अध्यावधिक: असोज २९, २०८१ १९:३८