close

गुगलको एआई जेमिनाईले ड्राइभमा पीडीएफ खोल्ने बित्तिकै सारांश तयार पारिदिने

टेकपाना टेकपाना

जेठ ३१, २०८२ १२:६

गुगलको एआई जेमिनाईले ड्राइभमा पीडीएफ खोल्ने बित्तिकै सारांश तयार पारिदिने

काठमाडौँ । गुगलले आफ्ना वर्कस्पेस प्रयोगकर्ताहरूका लागि जेमिनाई एआईमा नयाँ फिचरहरू ल्याएको छ । पीडीएफ (PDF) र गुगल फर्म (Google Forms) मा जानकारी खोज्न र सारांश निकाल्न अझ सहज हुने गरी यी फिचर ल्याएको हो ।

जेमिनाईमा आधारित फाइल समराइज गर्नसक्ने क्षमताले प्रयोगकर्ताहरूलाई म्यानुअल्ली फाइल खोज्ने झन्झटबाट मुक्ति दिलाई महत्त्वपूर्ण विवरणहरू र इनसाइटलाई सुविधाजनक ढाँचामा सङ्क्षेपमा प्रस्तुत गर्नेछ ।

जेमिनाईले गुगल ड्राइभमा पीडीएफ खोल्दा सक्रिय रूपमा समरी कार्डहरू सिर्जना गर्नेछ । यसले फाइलको सामग्रीको आधारमा 'draft a sample proposal' वा 'list interview questions based on this resume' जस्ता क्लिक गर्न मिल्ने कार्यहरू पनि प्रस्तुत गर्नेछ । प्रयोगकर्ताहरूले ड्राइभको साइड प्यानलमा आवश्यकता अनुसार उपलब्ध विकल्प छनौट गर्न सक्नेछन् । यो सुविधा २० भन्दा बढी भाषाहरूमा उपलब्ध छ । यो फिचर जुन १२ देखि गुगल वर्कस्पेस प्रयोगकर्ताहरूका लागि रोल आउट हुन थालेको हो । यद्यपि यो फिचर देखिन केही हप्ता लाग्न सक्ने बताइएको छ ।

त्यस्तै जेमिनाईले गुगल फर्ममा छोटो-उत्तर वा अनुच्छेद प्रश्नहरूको प्रतिक्रियाहरूलाई सारांश दिनेछ । जसले फारामको शीर्षक, विवरण, प्रश्नहरू र उत्तरहरूलाई सन्दर्भित गरी मुख्य विषयवस्तुहरू र निष्कर्षहरूलाई हाइलाइट गर्नेछ । यो विकल्प रेस्पोन्स ट्याबमा तीनभन्दा बढी प्रतिक्रियाहरू प्राप्त भएपछि देखा पर्नेछ । यो सुविधा हाललाई अङ्ग्रेजीमा मात्र सुरु हुँदैछ र वर्कस्पेस प्रयोगकर्ताहरूका लागि २६ जुनदेखि यसको सामान्य उपलब्धता सुरु हुनेछ । यो फारामका प्रत्येक प्रतिक्रिया खोलेर जानकारी खोज्नुपर्ने बाध्यतालाई हटाएर प्रयोगकर्ताहरूको समय बचत गर्न डिजाइन गरिएको हो ।

यसका अतिरिक्त, गुगल फर्ममा एउटा अर्को नयाँ 'help me create' जेमिनाई फिचर पनि थपिएको छ, जसले प्रयोगकर्ताको विवरणको आधारमा स्वचालित रूपमा फारामहरू सिर्जना गर्छ । वर्कस्पेस प्रयोगकर्ताहरूले आफ्नो प्रम्प्टमा सहयोगी कागजातहरू (Docs), स्प्रेडसिटहरू (Sheets), स्लाइडहरू (Slides), वा पीडीएफहरूलाई रेफ्रेन्स गर्न सक्छन् । ताकि जेमिनाईले ती विवरणहरूलाई समावेश गर्न सकोस् ।

उदाहरणका लागि, एउटा काठको काम गर्ने कम्पनीले आफ्ना ग्राहकहरूलाई पठाउनका लागि एउटा कोटेसन इस्टिमेसन फाराम बनाउनका लागि आफ्ना सामानहरूको राख्न सक्छ । यो सुविधा अङ्ग्रेजीमा उपलब्ध छ र ७ जुलाईदेखि नियमित वर्कस्पेस डोमेनहरूमा रोल आउट हुन थाल्नेछ । 

 

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८२ १२:६