close

विद्युतीय बाइक ल्याउँदै रोयल इन्फिल्ड, यस्ता छन् विशेषता

टेकपाना टेकपाना

कात्तिक १, २०८१ १६:५०

विद्युतीय बाइक ल्याउँदै रोयल इन्फिल्ड, यस्ता छन् विशेषता

काठमाडौं । विश्व प्रख्यात मोटर साइकल उत्पादक कम्पनी रोयल इन्फिल्डले विद्युतीय मोटर साइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले हालै आफ्नो सामाजिक सञ्जालमा एक टिजर भिडिओ सार्वजनिक गर्दै आगामी नोभेम्बर ४ मा विद्युतीय मोटरसाइकल सार्वजनिक गर्ने सङ्केत देखाएको छ ।

 रोयल इन्फिल्डको आधिकारिक इनस्टाग्राम  र रोयल इन्फिल्ड ईभी नामक नयाँ इन्स्टा ह्याण्डल मार्फत संयुक्त अपलोड भएको भिडिओमा रोयल इन्फिल्डको आधिकारिक डिजाइन प्रयोग भएको देखिन्छ । तर, कम्पनीले  मोटर साइकल हुने विशेषता बारे भने कुनै जानकारी दिएकाे छैन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार कम्पनीले सन् २०१८ देखिनै विद्युतीय मोटर साइकल बारे सम्भाव्यता अध्ययन गर्दै आएको थियो । भने २०२२ मा विद्युतीय मोटर साइकलको प्रोटोटाइप सार्वजनिक गरेको थियो ।  टिजर भिडिओमा देखिए अनुसार रोयल इन्फिल्डको विद्युतीय भर्सन पनि रोयल इन्फिल्डको पारम्परिक डिजाइनमा नयाँ प्रविधि जडान भएको अनुमान लगाउन सकिन्छ ।

रिपोर्टका अनुसार रोयल इन्फिल्डको विद्युतीय मोटर साइकल राउन्ड हेडल्याम्प, सिङ्गल सिटर मोटर साइकलमा इन्फिल्डको क्लासिक टियर ड्रप फ्युल ट्याङ्क डिजाइन पनि यसमा समावेश गरिएको छ । यस्तै मोटरसाइकलमा ईभी विशेष डिस्प्ले, फूल डिजिटल राउन्ड  इन्स्ट्रुमेन्ट क्लस्टर , टर्न बाइ टर्न नेभिगेसन , ब्लुटुथ कनेक्टिभिटी लगायतका सुविधाहरू उपलब्ध हुने उल्लेख छ ।  मोटर साइकलको ब्याट्री तथा ई- मोटर बारे जानकारी भने सार्वजनिक भइसकेको छैन । यद्यपि मोटरसाइकलमा पीएसएम मोटरमा ५ किलोवाटको ब्याट्री जडान हुने अपेक्षा गरिएको छ । यसो भएमा मोटरसाइकलले एक पटकको  फुल चार्जमा १५० किलोमिटर रेन्ज प्रदान गर्ने अनुमान गर्न सकिन्छ । यस्तै मोटर साइकलले ११० देखि १२० किलोमिटर प्रतिघण्टाको उच्च गति दिन सक्नेछ । 

 

पछिल्लो अध्यावधिक: कात्तिक १, २०८१ १८:६