काठमाडौं । आजकलको डिजिटल युगमा प्राय: हरेक व्यक्तिसँग स्मार्टफोन छ, र लगभग सबैमा क्यामेरा पनि । यही कारणले फोटो खिच्न अब महँगो क्यामेरा किन्नुपर्ने आवश्यकता छैन । तपाईंको हातमै रहेको स्मार्टफोनबाटै उत्कृष्ट फोटो खिच्न सकिन्छ । तर, राम्रो फोटो खिच्न केही कुरामा ध्यान दिन जरुरी छ । यहाँ हामीले स्मार्टफोनबाट राम्रो फोटो खिच्ने केही टिप्स प्रस्तुत गरेका छौं:
रुल अफ थर्डको प्रयोग गर्ने
फोटोमा राम्रो फ्रेमका लागि रुल अफ थर्डको प्रयोग गर्नुपर्ने हुन्छ । यसबाट व्यवस्थित तथा सुन्दर मोबाइल फोटो प्राप्त हुन सक्छ । यो फोटो सानदार एक्सपोजरका साथै उचित कम्पोजिसनमा रहनेछ । एउटा राम्रो फोटोका लागि कम्पोजिसन निकै महत्वपूर्ण हुने गर्दछ ।
त्यसैले सधैं सब्जेक्ट तथा फोकल प्वाइन्टका लागि रुल अफ थर्डको प्रयोग गर्नुहोस् । यसको मतलब मुख्य अब्जेक्ट वा वस्तु अर्थात् जसको फोटो खिच्दै हुनुहुन्छ, त्यसलाई फ्रेमको बीच भागमा नराखेर अर्को स्थानमा राख्नुहोस् ।
अर्थात् फोटो फ्रेमलाई तीन भागमा विभाजन गरेर अब्जेक्टलाई सकेसम्म छेउको एक भागभित्र समेट्न कोसिस गर्नुहोस् ।
यसका लागि तपाईंले सामान्य क्यामेरा ग्रिडको प्रयोग गर्न पनि सक्नुहुन्छ । क्यामेरा ग्रिडको प्रयोग गर्नका लागि तपाईंले सेटिङमा गएर त्यसलाई इनेबल गर्नुपर्ने हुन्छ । यसबाट भ्यू फाइन्डर फ्रेममा तपाईंले ठाडो तथा तेर्साे लाइन देख्न सक्नु हुनेछ ।
फोकस मिलाउने
यदि तपाईं युनिक फोटोग्राफी गर्न चाहनुहुन्छ भने फोटोमा फोकसका लागि म्यानुअल फोकसको प्रयोग गर्नुहोस् । राम्रो फोटो क्लिक गर्नका लागि सकेसम्म अटो फोकस प्रयोग नगर्नुहोस् ।
किन कि अटो फोकसले हरेक समय उचित किसिमको फोकस मिलाउन सक्दैन । म्यानुअल रूपमा फोकस सेट गर्न निकै सहज छ ।
यसका लागि फोटो खिच्दैगर्दा सब्जेक्टमा ट्याप गर्नुहोस् । यसरी तपाईं जुन स्थानमा फोकस गर्न चाहनुहुन्छ, त्यही स्थानमा ट्याप गरेर मिलाउन सक्नुहुन्छ । बाँकी भाग भने फोकसभन्दा बाहिर बस्नेछ ।
पाेट्रेट मोड प्रयोग गर्ने
यदि तपाईं आकर्षक ब्लर ब्याकग्राउण्ड सहितको फोटो खिच्न चाहनुहुन्छ भने तपाईंले पोट्रेट मोड प्रयोग गर्न सक्नुहुन्छ । सामान्यतया ब्लर ब्याकग्राउण्ड भएको फोटो डीएसएलआर क्यामेराबाटै खिच्न सम्भव हुन्छ ।
तर यस्तो फोटो अबका स्मार्टफोनबाट समेत सम्भव भइसकेको छ । यदि तपाईंको फोनको क्यामेरामा पोट्रेटमोड छ भने एउटा राम्रो ब्लर ब्याकग्राउण्ड भएको फोटो खिच्न सक्नुहुन्छ ।
पोट्रेट मोड प्रायः क्यामेरा एपमा बिल्टइन रूपमा उपलब्ध हुने गर्दछ । जसलाई तपाईं क्यामेराको तल्लो भागमा फेला पार्न सक्नुहुन्छ । ६ देखि ७ फिट दुरीबाट पोट्रेट मोडमा फोटो खिच्नुपर्ने हुन्छ । यसबाट फोटोमा राम्रो डेप्थ मिल्नेछ ।
राम्रो ब्राइटनेसका लागि एक्सपोजर मिलाउने
फोटोग्राफीका लागि प्रकाशले अहम् भूमिका राख्दछ । फोटोग्राफीको समयमा यदि धेरै वा थोरै मात्रामा प्रकाश भएको खण्डमा तस्विरको गुणस्तर खराब हुनसक्छ ।
यस्तोमा राम्रो फोटोका लागि सही मात्रामा लाइटको आवश्यकता पर्दछ । यसका लागि फोटो क्लिक गर्नु अघि एक्सपोजर मिलाउनुपर्ने हुन्छ ।
यो काम पनि निकै सहज छ । फोटो खिच्दाको समयमा स्क्रिनको बीच भागमा ट्याप गरेर औँलाले तल माथि स्वाइप गरेर एक्सपोजर मिलाउन सकिन्कछ ।
यद्यपी म्यानुअल रुपमा फोटोको ब्राइटनेस मिलाउने तरिका स्मार्टफोनअनुसार फरक हुन सक्छ । यदि सही रुपमा एक्सपोजर मिलाउन सकियो भने फोटोको कलर डिटेल स्पष्ट देखिनेछ ।
फोनलाई हलचल हुन नदिने
यदि तपाईं एक क्लियर तथा स्पष्ट फोटो खिच्न चाहनुहुन्छ भने फोटोग्राफीको समयमा फोनलाई स्टिल अर्थात् स्थिर अवस्थामा राख्नुहोस् । धेरै हलचल गराउने काम नगर्नुहोस् ।
यदि फोनमा स्टडी क्यामेरा मोड वा सुपर स्टडी क्यामेरा मोड दिइएको छ भने त्यसको प्रयोग गर्नुहोस् । यसले तपाईंलाई स्पष्ट फोटो खिच्न सघाउनेछ ।
यीमाथिका बाहेक केही अतिरिक्त टिप्स यस प्रकार छन्:
फोटो खिच्नुअघि सुती कपडाले आफ्नो फोनको क्यामेरा सफा गर्नुहोस् । लेन्स सफा नगर्दा फोटो धमिलो हुन पुग्छन् । त्यसैले लेन्स सफा गर्नु आवश्यक छ ।
कतिपय समय शुट गर्दा फोटो बर्न भइरहेको हुन्छ । यसका लागि मोबाइलमा फोटोको फ्रेम तयार हुनेबित्तिकै सबैभन्दा चहकिलो भागमा ट्याप गर्नुहोस् । यसबाट क्यामेरामा सन्तुलित एक्सपोजर तयार हुन्छ र राम्रो परिणाम निस्किन्छ । तपाईं डार्क वा ब्राइटमा गएर समेत एक्सपोजर मिलाउन सक्नुहुन्छ ।
आफ्ना साथीभाइ वा परिवारको फोटो खिच्दै हुनुहुन्छ भने कन्ट्रास्ट ब्याकग्राउण्डको प्रयोग गर्नुहोस् । यसबाट फोटोको गुणस्तर अझ सुध्रिनेछ । यदि आमनेसामने कन्ट्रास्ट छैन भने घुँडा टेकेर बस्नुहोस् । सकेसम्म अनुहार पछाडि आकाशको हिस्सा देखियोस् ।
यदि आउटडोर वा घरबाहिर शुट गर्दै हुनुहुन्छ भने सूर्य तपाईंको (खिच्ने मान्छेको) पछाडिपट्टि हुन जरुरी छ । यसबाट अनुहार र वस्तुमा राम्रो प्रकाश पर्नेछ ।
घर तथा भवनभित्र शुटिङ गर्दै हुनुहुन्छ भने प्रकाशको स्रोतको अवश्य ख्याल राख्नुहोस् । फ्रेममा लाइट सोर्स देखिनबाट जोगाउनुहोस् । यदि त्यसो गर्न सम्भव छैन भने छायादार इफेक्टको प्रयोग गर्नुहोस् ।
पोट्रेट मोड त्यतिखेर मात्र प्रयोग गर्नुहोस्, जब तपाईंको अगाडि केवल एउटा मात्र सब्जेक्ट (फोटो खिचिने व्यक्ति वा वस्तु) होस् । यदि साथमा थुप्रै व्यक्तिहरु हुनुहुन्छ भने यो मोड प्रयोग नगर्नुहोस् । किनभने यसबाट कसैको काँध वा रौं ब्लर हुन सक्छ । पोट्रेट मोड केवल फूल, जनावर वा यस्तै अरू चिजको फोटो खिच्नका लागि अझ बढी उपयुक्त हुन्छ ।
विभिन्न आकर्षक र राम्रा खालका इफेक्ट प्रयोग गर्नुहोस् । तर सम्झनु पर्ने कुरा फोटोलाई नराम्रो देखिने इफेक्ट भने प्रयोग गर्नु हुँदैन ।
फोटो खिच्न प्रकाश पुगेको अवस्थामा स्मार्टफोनको फ्लास अफ गर्नुहोस् । फ्ल्यासले फोटोमा छाया पर्ने र फोटोलाई बिगार्न सक्छ ।
फोटो खिच्दा सकेसम्म साँझ र बिहानको समय छान्नुहोस् । यदि दिउँसो टन्टलापुर घाम लागेको छ भने अलि ओत पर्ने ठाउँमा गएर फोटो खिच्नुहोस् ।
बेलुका अथवा रातीको समय छ भने फोनको फ्ल्याशभन्दा पनि सूर्यजस्तै दियो वा मैनबत्तीको प्रकाशमा फोटो खिच्नुहोस् । यसले पनि फोटोलाई अर्कै बनाउँछ ।
फोटो खिच्नु अघि ब्याकग्राउन्ड पनि हेर्नुहोस् । अनावश्यक वस्तुहरू आएका छन् भने सुरुमा तिनलाई हटाउनुहोस् अनि मात्र फोटो खिच्नुहोस् ।