काठमाडौं । सर्भरमा समस्या आउँदा वैदेशिक रोजगार बोर्डको सेवा प्रभावित भएको छ । बोर्डको सचिवालयले सञ्चालन गर्ने वेबसाइट (fewims.feb.gov.np)को सेवा प्रभावित भएको हो ।
यसले गर्दा वैदेशिक रोजगारीमा गई मृत्यु तथा अङ्गभङ्ग भएका कामदार र निजका परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरण लगायत वैदेशिक रोजगार सन्तति छात्रवृत्ति प्रदानको काम प्रभावित बनेको हो ।
यद्यपि ई-मेल अथवा भौतिक रुपमा उपस्थित भएर काम भने निरन्तर भइरहेको बोर्डको सचिवालयले जनाएको छ ।
यसअघि पनि बोर्डको अनलाइन सेवा पटक पटक अवरुद्ध भएको थियो ।