close

फोटो खिच्ने क्रममा तालमा खस्दा चार्टर अकाउन्टेन्ट गौतमको मृत्यु

टेकपाना टेकपाना

कात्तिक २३, २०८१ १३:२९

सांकेतिक तस्वीर सांकेतिक तस्वीर

 

काठमाडौं । चितवनको वैकुण्ठ तालमा फोटो खिच्ने क्रममा खसेर एक व्यक्तिले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका–१६, गरिमा टोलका ३५ वर्षीय चार्टर अकाउन्टेन्ट अर्जुन गौतम रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालका अनुसार गौतम बिहीबार सपरिवार वैकुण्ठ ताल घुम्न गएका थिए । “अन्दाजी ११:५० बजेको समयमा गौतम परिवारसहित घुम्न गएका थिए,” डीएसपी रिजालले भने, “ताल नजिकैको एउटा ढुङ्गामा चढेर फोटो खिच्ने क्रममा अचानक चिप्लिएर तालमा खस्नुभएको हो ।”

घटनापछि तत्कालै इलाका प्रहरी कार्यालय माणीबाट इन्स्पेक्टरको नेतृत्वमा उद्धार टोली परिचालन गरिएको थियो । थप सहयोगका लागि डीएसपी नेतृत्वमा सशस्त्र प्रहरीको टोली पनि घटनास्थल पुगेको थियो ।

उद्धारपछि गौतमलाई जिल्ला अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत्यु भइसकेको पुष्टि गरे । डीएसपी रिजालका अनुसार परिवारले जाहेरी दिएपछि शुक्रबार गौतमको पोस्टमार्टम गरिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०८१ १३:२९