close

अनलाइनमार्फत छोटो अवधिको संस्कृत कोर्स पढाउँदै काठमाडौं विश्वविद्यालय

टेकपाना टेकपाना

कात्तिक २७, २०८१ १२:६

अनलाइनमार्फत छोटो अवधिको संस्कृत कोर्स पढाउँदै काठमाडौं विश्वविद्यालय

काठमाडौं । काठमाडौं विश्वविद्यालयले अनलाइनमार्फत छोटो अवधिको संस्कृत कोर्स पढाउने भएको छ । विश्वविद्यालयको स्कुल अफ एजुकेसन अन्तर्गत राइटिङ एन्ड कम्प्युनिकेसन सेन्टरले यस्तो कोर्स सञ्चालन गर्न लागेको हो ।

जम्मा तीन क्रेडिट आवरको यस कोर्सले संस्कृत बोल्न सुधार गर्ने तथा संस्कृत व्याकरण र अवधारणाबारे जानकारी दिने बताइएको छ । 

सुरुमा यो कोर्सको एउटा कक्षा भौतिक रूपमा विश्वविद्यालयमै सञ्चालन हुनेछ । त्यसपछि दुई महिनासम्म हप्तामा दुई दिन गरी अनलाइनमार्फत पढाइ हुनेछ । 

इच्छुकले अध्ययनका लागि ३० नोभेम्बरभित्र अनलाइन फारम भर्नुपर्नेछ । कक्षा सञ्चालन भने डिसेम्बरको पहिलो साताबाट सुरु हुनेछ । यसको शुल्क १५ हजार रुपैयाँ रहेको छ ।

यसबारे बुझ्न यहाँ र फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०८१ १२:६