close

१० करोड बढी लागतमा काठमाडौंमा २० नयाँ विद्युतीय माइक्रोबस सञ्चालन

टेकपाना टेकपाना

मंसिर २८, २०८१ ९:३४

१० करोड बढी लागतमा काठमाडौंमा २० नयाँ विद्युतीय माइक्रोबस सञ्चालन

काठमाडौं । सामाखुसी यातायात प्रालिले १० करोड ३० लाख रुपैयाँ लगानीमा २० ओटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ । २४ वर्षदेखि यातायात सेवा प्रदान गर्दै आएको कम्पनीले बिहीबारदेखि विभिन्न रुटमा चल्नेगरी विद्युतीय माइक्रोबस सञ्चालन थालेको हो ।

कम्पनीका अध्यक्ष सानुकाजी प्रजापतिले काठमाडौंको उत्तरी क्षेत्रका बासिन्दाहरूका आवश्यकतालाई ध्यानमा राखेर माइक्रोबस सञ्चालनमा ल्याइएको बताए । “काठमाडौं उपत्यकामा यात्रुहरूको भीडलाई व्यवस्थापन गर्न विद्युतीय माइक्रोबस थपिएका छन्, जसले यात्रुलाई केही सहज हुने अपेक्षा छ,” उनले भने ।

सामाखुसी यातायातले यसअघि नै ८० माइक्रोबस र ५० ठूला बसमार्फत सवारी सेवा प्रदान गरिरहेको छ । कम्पनीले बानियाँटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीजस्ता उत्तरी क्षेत्रका विभिन्न मार्गहरूमा सवारी सेवा सञ्चालन गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २८, २०८१ १३:२६