close

अब इन्स्टाग्राममा शेड्युल बनाएर मेसेज पठाउन सकिने

टेकपाना टेकपाना

पुस २, २०८१ १६:३४

अब इन्स्टाग्राममा शेड्युल बनाएर मेसेज पठाउन सकिने

काठमाडौं । अब इन्स्टाग्राममा शेड्युल बनाएर साथीहरूलाई मेसेज पठाउन सकिने भएको छ । हालै एक अपडेट ल्याउँदै इन्स्टग्रामले शेड्युलमा मेसेज पठाउन सकिने फिचर ल्याएको हो ।

यस सुविधाको प्रयोग गरी आफूले चाहेको व्यक्तिलाई टेक्स्ट मेसेज पठाउन मिति र समय निर्धारण गर्न सकिन्छ । तर, इन्स्टाग्रामको सपोर्ट पेज अनुसार हाल यो फिचरले केवल टेक्स्ट मेसेज मात्र सपोर्ट गर्छ । फोटो, भिडिओ, र जिफ फाइलहरू भने यस फिचरबाट पठाउन सकिने छैन । साथै, यो सुविधा हाललाई मोबाइल एपमा मात्र उपलब्ध छ ।

इस्टाग्राममा यसरी मेसेज पठाउन मेसेज टाइप गरिसकेपछि 'सेन्ड' बटनमा केही समयसम्म प्रेस गर्नुपर्छ । त्यसपछि नयाँ पपअप स्क्रिनमा मिति र समय छान्ने विकल्प देखिन्छ । त्यहाँ मिति र समय छानिसकेपछि तपाईंको मेसेज शेड्युलमा बस्छ ।

कम्पनीले डिरेक्ट मेसेज (डीएम)को अनुभवलाई सुधार गर्न गरिरहेको काम मध्येको यो पनि एक भएको बताइएको छ । यसअघि कम्पनीले डीएमसँग सम्बन्धित एडिट मेसेज, ड्र अन फोटो, शेयर लाइभ लोकेसन जस्ता फिचर भने ल्याइसकेको छ ।

पछिल्लो अध्यावधिक: पुस २, २०८१ १६:४१