close

सामाजिक सञ्जालमा परिचित प्रेमिल जोडीलाई वियोग, रहेनन् विवेक

टेकपाना टेकपाना

पुस ४, २०८१ १६:६

सामाजिक सञ्जालमा परिचित प्रेमिल जोडीलाई वियोग, रहेनन् विवेक

काठमाडौं ।  सामाजिक सञ्जालमा प्रेमिल जोडीका रूपमा चिनिएका विवेक पङ्गेनीको निधन भएको छ । अमेरिकामा उपचारका क्रममा पङ्गेनीको बुधवार निधन भएको हो । 

विवेकका ससुराबुबा शिव सुवेदीले टेकपानासँग यो खबर पुष्टि गरे । पङ्गेनी चौथो स्टेजको ब्रेन क्यान्सरसँग लडिरहेका थिए । इसेवा, बैंक, गोफन्डमी लगायतका माध्यममार्फत सहयोग रकम जुटाएर अमेरिकामा उनको उपचार भइरहेको थियो । 

अमेरिकामा उनकी श्रीमती सिर्जना सुवेदीले श्रीमानलाई साथ दिइरहेकी थिइन् । उनले उपचार तथा हेरचाहका विभिन्न क्षणलाई कैद गरेर सामाजिक सञ्जालमा राखेकी छन् । सिर्जनाको त्याग र समर्पणलाई सामाजिक सञ्जालमा प्रयोगकर्ताले प्रशंसा गरेका छन् । 

टिकटकमा भाइरल डान्स जोडीका रूपमा चिनिएका विवेक र सिर्जना दुई वर्षपहिले अमेरिका पुगेका थिए । त्यहाँ विवेक जर्जियास्थित युनिभर्सिटी अफ जर्जियामा विद्यावारिधि तहमा भर्ना समेत भएका थिए । तर ब्रेन ट्युमर भएको थाहा पाएपछि त्यहीँ उपचार गरिरहेका थिए । यो बीचमा खराब नियतका केही व्यक्तिले विवेकको उपचारका नाममा ठगी धन्दा समेत चलाएका थिए ।

पछिल्लो अध्यावधिक: पुस ४, २०८१ १६:१९