close

कोशी पर्यटन प्रदेशः उत्कृष्ट लोगो डिजाइन गर्नेलाई ५० हजार पुरस्कार

टेकपाना टेकपाना

पुस ५, २०८१ १९:५

कोशी पर्यटन प्रदेशः उत्कृष्ट लोगो डिजाइन गर्नेलाई ५० हजार पुरस्कार

काठमाडौं । कोशी प्रदेश सरकारले ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ का लागि प्रतीक चिन्ह (लोगो) तयार गर्न आह्वान गरेको छ । प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले एक सूचना जारी गर्दै लोगो, मस्कट र नारा डिजाइन गर्न इच्छुक व्यक्ति र संस्थालाई सहभागिताको निम्तो दिएको हो ।

मन्त्रालयका अनुसार लोगोले समग्र कोशी प्रदेशको प्रतिबिम्ब झल्काउनुपर्नेछ । त्यस्तै बहुरंगी छपाईका लागि उपयुक्त हुनुपर्ने र प्रयोग गरिएका प्रतीकहरूको संक्षिप्त व्याख्या अनिवार्य गर्नुपर्ने जनाइएको छ ।

एआईबाट निर्माण गरिएका, चोरी गरिएका वा अरूको अधिकारमा दखल पुर्‍याउने खालका डिजाइनहरू मान्य नहुने सूचनामा उल्लेख छ ।

इच्छुक व्यक्ति वा संस्थाले अबको १५ दिनभित्र मन्त्रालयको ठेगानामा आफ्नो डिजाइन पठाउन सक्नेछन् । छनोट गरिएका डिजाइनहरूमध्ये लोगो विजेतालाई ५० हजार रुपैयाँ, मस्कटका लागि २५ हजार रुपैयाँ र नारा विजेतालाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: पुस ५, २०८१ १९:५