close

एनपीएल एन्थम: ५० हजार बढीले लिए ‍एनसेलको पीआरबीटी सेवा

टेकपाना टेकपाना

पुस ५, २०८१ १९:४२

एनपीएल एन्थम: ५० हजार बढीले लिए ‍एनसेलको पीआरबीटी सेवा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल भोलि हुँदैछ । क्रिकेटप्रेमीहरूमा यस लिगले उत्साह थपिरहेको छ । यसैबिच एनसेलको पर्सनलाइज्ड रिङ ब्याक टोन (पीआरबीटी) सेवामार्फत ५० हजारभन्दा बढीले एनपीएलका टिमहरूको एन्थम आफ्नो फोनमा सेट गरेका छन् ।

एनसेलका अनुसार यो सेवा ग्राहकहरूको क्रिकेटप्रतिको उत्साहलाई थप प्रोत्साहन दिन तयार गरिएको हो । ग्राहकले आफूलाई मनपर्ने टिमलाई समर्थन जनाउन *123*6# डायल गरेर पीआरबीटी सेवा लिनसक्ने कम्पनीले जनाएको छ । 

पीआरबीटी सेवामा थिम गीत मात्र नभई नेम ट्युन, स्टाटस पीआरबीटी र आफ्नै धुन अपलोड गर्न सकिने सुविधा पनि छ । यसमा ग्राहकहरूले आफ्नो रुचि, मुड वा विशेष अवसर अनुसार कल टोन सेट गर्न सक्छन् ।

प्रत्येक पीआरबीटीको शुल्क करसहित रु. ३१ रहेको छ, जुन सेवा ३० दिनसम्म सक्रिय रहन्छ ।

पछिल्लो अध्यावधिक: पुस ५, २०८१ १९:४२