close

मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा

टेकपाना टेकपाना

पुस २८, २०८१ १४:४४

मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा

काठमाडौं । मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका ४ मा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ ।

दूरदराजका क्षेत्रमा समेत प्रभावकारी दूरसञ्चार सेवा पुर्‍याउने योजना अनुरूप कर्णाली प्रदेशको विकट बस्तीमा फोरजी मोबाइल सेवा विस्तार गरिएको टेलिकमले जनाएको छ ।

कम्पनीका अनुसार गाउँपालिकाका सबै वडाहरू अन्तर्गत पर्ने डोल्फु, पुलु, किम्री, कार्तिके, दारा, रिउसा गाउँहरू र सो क्षेत्रमा पर्ने पदयात्रा मार्गका सेवाग्राहीले फोरजी सेवा प्राप्त गर्नेछन् ।

यस सेवामार्फत उक्त क्षेत्रका बासिन्दा द्रुत इन्टरनेट र उच्च गुणस्तरीय सञ्चार सुविधाबाट लाभान्वित हुने कम्पनीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: पुस २८, २०८१ १४:४४