काठमाडौं । टाटा मोटर्सले नेपालमा आफ्नो पछिल्लो प्रोडक्ट एसयूभी कर्भ ईभी सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच उक्त ईभी सार्वजनिक भएको हो ।
सिप्रदी ट्रेडिङ प्रालिसँगको सहकार्यमा सार्वजनिक गरिएको यस ईभीएरोडाइनामिक डिजाइनमा रहेको छ । यस ईभीमा ५५ किलोवाट आवर क्षमताको ब्याट्री र ९८ किलोवाटको मोटर राखिएको छ । ईभी चार्जिङको लागि ७.२ किलोवाटको एसी होम वाल बक्स चार्जर उपलब्ध गराइएको छ । यस्तै यसमा १० देखि ८०% चार्ज गर्न ४० मिनेट मात्र लाग्ने डीसी फास्ट चार्जर सपोर्ट समेत रहेको छ ।
यस ईभीले ४०० देखि ४२५ किलोमिटरसम्मको रेञ्ज दिने दाबी कम्पनीले गरको छ । उत्कृष्ट इन्टेरिअर डिजाइन रहेको यस ईभीमा३१.२४ सेन्टिमिटरको सिनेम्याटिकटचस्क्रिनएन्फोटेन्मेन्ट प्रणाली र २६.०३ सेन्टिमिटरको डिजिटल ककपिट राखिएका छन् ।
ईभीको सुरक्षाको लागि दोस्रो तहको एड्भान्स्ड ड्राइभिङ असिस्टेन्ट सिस्टम (एडीएएस) राखिएको छ । त्यस्तै कारमा रहेका ६ ओटा एयरब्याग, सबै पाङ्ग्रामा राखिएका डिस्क ब्रेक आई-भीबीएसीले थप सुरक्षाको सुनिश्चितता गर्छ ।
कर्भ ईभीमा इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी) सहित इन्टेलिजेन्ट भ्याकुम-लेसबुस्ट र एक्टिभ कन्ट्रोल (आई-भीबीएसी) सेफ्टी फिचर पनि उपलब्ध छ । हिल होल्डअसिस्ट क्षमताले यो कारलाई नेपालका लागि थप उपयुक्त बनाउने दाबी गरिएको छ ।
यो कार नेपाली बजारमा ५६ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछन् । यसअघि टाटाले नेक्सन के ३ र टियागोईभी पनि नेपालमा सार्वजनिक गरिसकेको छ ।