close

ईभी प्रविधि तथा इनोभेसनमा केन्द्रित बीवाईडी हाई-टेक विक आयोजना हुँदै, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

फागुन १३, २०८१ १२:४०

ईभी प्रविधि तथा इनोभेसनमा केन्द्रित बीवाईडी हाई-टेक विक आयोजना हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडौं । बीवाईडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई-टेक विक २०२५ आयोजना गर्ने भएको छ । कम्पनीले इलेक्ट्रिक मोबिलिटी (सवारी) र अत्याधुनिक प्रविधिलाई मानिसहरूले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्यका साथ यो इभेन्ट घोषणा गरेको हो ।

कम्पनीका अनुसार हाई-टेक विक यस प्रकारकै पहिलो इभेन्ट हुनेछ । द एभरेस्ट होटेल काठमाडौंमा आगामी फेब्रुअरी २७ देखि मार्च २ (फागुन १५ देखि १८) सम्म आयोजना हुने उक्त इभेन्ट न्यु इनर्जी भेहिकल्स (एनईभीज) र सस्टिनेबल इनोभेसनसँग साक्षात्कार हुने एक महत्त्वपूर्ण अवसर हुने अपेक्षा गरिएको छ ।

बीवाईडी हाई-टेक विक २०२५ एउटा प्रदर्शनी मात्र नभई ल्यान्डमार्क इभेन्ट हुने कम्पनीले जनाएको छ । जसले विद्युतीय सवारीको प्रविधि, एआई इन्टिग्रेसन र न्यु इनर्जी सोलुसनलाई एउटै छाना मुनि ल्याउनेछ । शिक्षा दिने, संलग्नता बढाउने र प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ डिजाइन गरिएको यो कार्यक्रममा व्यवसायी, ईभी प्रयोगकर्ता, प्रविधिमा रुचि भएका र सामान्य व्यक्ति, जोकोही पनि सहभागी हुन सक्नेछन् ।

बीवाईडी हाई-टेक विक २०२५ ले जनचेतना प्रदान गर्ने, इनोभेसनलाई बढावा दिने र नेपालको मोबिलिटी भविष्यलाई अझै तीव्रता दिने लक्ष्य राखेको छ । अटोमोटिभ प्रेमी, प्रविधि अन्वेषक र हरित ऊर्जाको पैरवी गर्नेहरू लगायत सबैका लागि यो इभेन्टले एक राम्रो अवसर प्रदान गर्नेछ । जहाँ मोबिलिटीको भविष्यको बारेमा अध्ययन अन्वेषण गर्न सकिने छ ।

इभेन्ट महत्त्वपूर्ण छ यो इभेन्ट ?

हाई-टेक इन्टर्‍याक्टिभ जोनः बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई–प्लेटफर्म ३.०, डुअल मोड अफरोड (डीएमओ), एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), इन–कार एआई इनोभेसन लगायतका अत्याधुनिक प्रविधिको वारेमा जानकारी लिन ।

नेक्स्ट–जेन भेइकल शोकेसः  पर्फमेन्स र सस्टिनेबिलिटीका लागि क्रान्तिकारी रूपमा अगाडि बढिरहेका बीवाईडीका पछिल्ला मोडेल र आगामी दिनमा उपलब्ध हुने मोडेलको प्रत्यक्ष अनुभव गर्न पाइने ।

लाइभ डेमोः स्मार्ट मोबिलिटीको भविष्यको झलक देखाउने गरी रियल–टाइम टेक्नोलोजी डेमोको प्रत्यक्ष अवलोकन गर्ने मौका ।

एक्सपर्ट टक र प्यानल डिस्कसनः पछिल्लो ईभी ट्रेन्ड र एनईभी टेक्नोलोजीको भविष्यको वारेमा उद्योगका नेतृत्वकर्ता, इन्जिनियर र सस्टिनेबिलिटी पैरवीकर्ताहरूबाट महत्त्वपूर्ण जानकारी लिन ।

विशेष प्रोडक्ट सार्वजनिकः अटोमोटिभ उद्योगको भविष्यलाई आकार दिने बीवाईडीका नयाँ एनईभी तथा आगामी दिनमा उपलब्ध हुने इनोभेसन अवलोकन गर्ने मौका । 

पारिवारिक क्रियाकलापः इभेन्टका दौरान सबै उमेर समूहलाई उपयुक्त हुने अन्य प्रशस्त क्रियाकलाप हुनेछन् । जसले परिवार मात्र नभई प्रविधिप्रति चासो राख्ने सबैका लागि रोमाञ्चक अनुभव प्रदान गर्नेछ ।

टिकट सम्बन्धी जानकारी

बीवाईडी हाई-टेक विक २०२५ मा सहभागी हुन चाहनेहरूका लागि टिकेट ई–सेवामा उपलब्ध गराइएको छ । जसको मूल्य २५० रुपैयाँ रहेको छ । यद्यपि विद्यार्थीहरूलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको सुविधा हुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन १३, २०८१ १२:५०