काठमाडौं । नेपाली अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले ठुलो र शक्तिशाली वायरलेस पार्टी स्पिकर ‘अल्टिमा थन्डर’ सार्वजनिक गरेको छ । कम्पनीले यसलाई नेपालको सबैभन्दा ठुलो वायरलेस स्पिकर भएको दाबी गरेको छ ।
बुम १८१ इयरबड्सको सफलतापछि अल्टिमाले वायरलेस स्पिकर ११० वाट आरएमएस ल्याएको हो । कम्पनीका अनुसार यो स्पिकर घरका पार्टीहरू, पिकनिक आदि जस्ता प्रयोजनका लागि डिजाइन गरिएको हो ।
यसमा ११० वाट आरएमएस आउटपुट रहेकाले धेरै ठुलो आवाजमा पनि स्पष्ट र गुणस्तरीय साउन्ड दिने कम्पनीको भनाइ छ । जसको पिक पावर २२० वाट रहेको छ । यसको तीनतर्फी स्पिकर सेटअपका कारण डेडिकेटेड सबवुफर, मिडरेन्ज ड्राइभर र ट्वीटरहरूले सबै फ्रिक्वेन्सीमा क्रिस्टल-क्लियर साउन्ड सुन्न सम्भव बनाउँछ ।
यो स्पिकरमा सङ्गीतसँग सिङ्क हुने डाइनामिक आरबीजी एलईडी लाइट पनि रहेको छ । स्पासियल सराउन्ड अडियो अनुभवको लागि १०० ओटासम्म अल्टिमा थन्डर स्पिकर जडान गर्न सकिने कम्पनीले जनाएको छ ।
यसमा लामो समयसम्म टिक्ने ब्याट्री राखिएको छ । ५० प्रतिशत भोलुममा बजाउँदा यो स्पिकर ७ घण्टासम्म र अधिकतम भोलुममा ३ घण्टासम्म चलाउन सकिने बताइएको छ।
यसलाई फोन चार्ज गर्ने पावर बैंकको रूपमा समेत प्रयोग गर्न सकिन्छ । जसका लागि ५ भोल्ट/२ एम्पियर आउटपुट उपलब्ध गराइएको छ ।
आईपी एक्स सिक्स डस्ट र वाटर रेजिस्टन्स प्राप्त यो प्रोडक्टले पानीका छिटा तथा धुलो प्रतिरोध गर्न सक्छ । जसले गर्दा बाहिरी वातावरण तथा होली उत्सवमा समेत यसलाई प्रयोग गर्न सकिने बनाएको छ । यसमा सहज र स्थिर किसिमको कनेक्सनका लागि ब्लुटुथ ५.३ राखिएको छ ।
आउँदो ५ मार्चदेखि अल्टिमा थन्डर स्पिकर कम्पनीको वेबसाइट, अल्टिमा स्टोर, दराज, खल्ती, जिवी, हुकुट, ब्रोदरमार्ट, नियो स्टोर र नेपालभरका निश्चित अफलाइन रिटेल स्टोरहरूबाट किन्न सकिनेछ ।
यो स्पिकरमा कम्पनीले १ वर्षको वारेन्टीका साथै ३ हजार ४९९ रुपैयाँ बराबरको अल्टिमा बुम ३११ इयरबड्स नि:शुल्क रूपमा उपलब्ध गराउनेछ । कम्पनीले सीमित अवधिका लागि यो स्पिकर १७ हजार ९९९ रुपैयाँमा उपलब्ध गराउने जनाएको छ ।