close

गर्मीयामका लागि नेपाल भित्रिए सेन्साई ब्राण्डका कुलर

टेकपाना टेकपाना

फागुन २२, २०८१ १६:२४

गर्मीयामका लागि नेपाल भित्रिए सेन्साई ब्राण्डका कुलर

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सेन्साई ब्राण्डले गर्मीयामलाई लक्षित गर्दै नयाँ मोडलका कुलरहरू नेपाली बजारमा भित्र्याएको छ । ‘स्टे कुल स्टे कम्फर्ट’ भन्ने नाराका साथ सेन्साईले डेसर्ट, मिनी डेसर्ट, पर्सनल र टावर कुलरहरू विभिन्न मोडल र क्षमतासहित बजारमा ल्याएको हो ।

सस्तो मूल्यमा उत्कृष्ट प्रविधियुक्त यी कुलरहरूमा १२ महिनाको वारेन्टी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जापानी प्रविधिबाट निर्मित यी कुलरहरूमा प्रभावकारी कुलिङका लागि ‘हनिकम्ब’ र सजिलै सार्नका लागि ‘कास्टोर व्हिल’, आइस च्याम्बर, वाटर लेवल इन्डिकेटर जस्ता आकर्षक विशेषताहरू रहेका छन् ।

इन्भर्टर कम्प्याटिबल भएका कारण यी कुलरहरू बत्ती नहुनाका बेला पनि इन्भर्टरबाट सजिलै चलाउन सकिने कम्पनीको भनाइ छ । यसमा चारैतिर हावा प्रवाह गर्नका लागि फोरवे स्विंग डिफ्लेक्सन जस्ता विशेषताहरू पनि जडान गरिएको छ । ‍

वाटर लेवल इन्डिकेटरमार्फत कुलरमा कति पानी रहेको छ भने सजिलै जानकारी प्राप्त गर्न सकिने कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ । यसका साथै, अझ बढी चिसोको लागि यसमा आइस च्याम्बर पनि राखिएको छ । 

पछिल्लो अध्यावधिक: फागुन २२, २०८१ १६:२४