close

अब १८ क्याटेगरीमा ड्राइभिङ लाइसेन्स, कुन गाडी चलाउन कस्तो लाइसेन्स चाहिन्छ ?

टेकपाना टेकपाना

फागुन २४, २०८१ १७:२६

अब १८ क्याटेगरीमा ड्राइभिङ लाइसेन्स, कुन गाडी चलाउन कस्तो लाइसेन्स चाहिन्छ ?

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लाई १८ ओटा वर्ग (क्याटेगरी)मा विभाजन गर्ने तयारी गरेको छ । हालै सार्वजनिक 'सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१' मा नयाँ वर्गीकरण प्रस्ताव गरिएको हो ।

हाल नौ वर्गमा लाइसेन्स जारी हुँदै आएको छ । विधेयकको मस्यौदा अनुसार वर्ग ‘A’ अन्तर्गत दुई पाङ्ग्रे वा साइडकार जोडिएको तीन पाङ्ग्रे सवारी (L1, L3, L4) पर्नेछन् । यसमा इन्जिनबाट चल्ने सवारी समावेश छन् । 

वर्ग ‘AM’ मोपेड वा स्कुटर (L1, L3, L4) का लागि तोकिएको छ, जुन गियर बिनाको हुन्छ । वर्ग ‘A1’ मा १२५ सीसीभन्दा कम क्षमता र ११ किलोवाट भन्दा कम पावर भएका हलुका मोटरसाइकल समेटिएका छन् । त्यसैगरी वर्ग ‘A2’ ले ३५ किलोवाटसम्म पावर भएका ठुला मोटरसाइकलहरूलाई समेट्ने छ । 

अपाङ्गता भएका व्यक्तिहरूका लागि वर्ग ‘AV’ र ‘AV1’ तोकिएको छ, जसमा अनुकूलित दुई र चार पाङ्ग्रे सवारी (क्रमशः L1, L3, L4 र M1) पर्दछन् । र, यी सवारीहरूमा विशेष सुविधा जोडिएको हुन्छ । 

त्यस्तै वर्ग ‘B’ अन्तर्गत ३५०० किलोग्रामभन्दा कम तौल र आठभन्दा कम सिट भएका यात्रुवाहक वा मालवाहक सवारीहरू (M1, N1) पर्दछन् । यसमा ७५० किलोग्रामभन्दा कम तौलका ट्रेलरहरू पनि समावेश हुन सक्छन् । त्यस्तै वर्ग ‘B1’ मा मोटर ट्राइसाइकल, क्वाड्रिसाइकल (L2, L5, L6, L7) जस्ता सवारीहरू समेटिएका छन् । 

त्यसैगरी वर्ग ‘BE’ ले वर्ग ‘B’ का सवारीमा ७५० किलोग्रामभन्दा बढी तौलका ट्रेलर जोड्ने अनुमति दिन्छ । यसले साना सवारी साधन प्रयोग गर्ने चालकहरूलाई थप सुविधा प्रदान गर्ने बताइएको छ ।

त्यस्तै वर्ग ‘C’ अन्तर्गत साढे तीन टनभन्दा बढी तौलका मालवाहक सवारीहरू (N2) पर्दछन् भने वर्ग ‘C1’ मा ७.५ टनसम्मका मालवाहक सवारीहरू पर्दछन् । वर्ग ‘CE’ ले ठुला ट्रेलर जोडिएका ‘C’ वर्गका सवारीहरूलाई समेट्छ भने वर्ग ‘C1E’ ले ठुला ट्रेलर जोडिएका ‘C1’ वर्गका सवारीहरूलाई समेट्छ । 

वर्ग ‘D’ मा आठभन्दा बढी सिट भएका यात्रुवाहक सवारीहरू (M2, M3) पर्दछन्, जसमा ७५० किलोग्रामभन्दा कम तौलका ट्रेलर पनि समावेश हुन सक्छन् । त्यस्तै वर्ग ‘DE’ ले ठुला ट्रेलर जोडिएका ‘D’ वर्गका सवारीहरूलाई समेट्छ भने वर्ग ‘D1E’ ले ठुला ट्रेलर जोडिएका ‘D1’ वर्गका सवारीहरूलाई समेट्छ । वर्ग ‘D1’ मा ९ देखि १६ सिटसम्मका यात्रुवाहक सवारीहरू पर्दछन् । 

वर्ग ‘F’ अग्नि नियन्त्रणका लागि विशेष रूपमा डिजाइन गरिएका सवारीहरूका लागि तोकिएको छ, जसमा पानीको ट्यांकी र अग्निनियन्त्रण उपकरणहरू समावेश हुन्छन् । वर्ग ‘I1’ (आईवन) देखि ‘19’ (आईनाइन) सम्म भारी उपकरण चलाउनका लागि छुट्टै लाइसेन्स अनिवार्य गरिएको छ ।

यसअन्तर्गत क्रेन (I1), डोजर (I2), रोड रोलर (I3), लोडर (I4), एक्जाभेटर (I5), ब्याकहो लोडर (I6), ग्रेडर (I7), फोर्कलिफ्ट (I8) र अन्य सवारीहरू (I9) पर्दछन् ।
 

लाइसेन्सको वर्ग

सवारीको प्रकार

सवारीको वर्ग

विवरण

A

दुई पाङ्ग्रे वा साइडकार भएको तीन पांग्रे सवारी

L1, L3, L4

धक्का दिने इन्जिन जडित साइडकार भएको वा नभएको कुनै पनि दुई पाङ्ग्रे सवारी

AM

दुई पाङ्ग्रे स्कुटर वा मोपेड

L1, L3, L4

धक्का दिने इन्जिन जडित साइडकार भएको वा नभएको गियर बिनाको दुई पाङ्ग्रे सवारी

A1

दुई पाङ्ग्रे (हलुका)

L1, L3, L4

125 cm3 भन्दा कम क्षमता र 11 kW भन्दा कम पावर भएका दुई पांग्रे सवारी (लाइट मोटरसाइकलहरू)

A2

दुई पाङ्ग्रे (ठुलो)

L1, L3, L4

साइडकार भएको या नभएको दुई पांग्रे सवारी जसको पावर ३५ kW भन्दा बढी नभएको (हेभी मोटरसाइकलहरू)

AV

अनुकुलित सवारी (दुई पांग्रे)

L1, L3, L4

अपाङ्गता भएका व्यक्तिहरूको विशेष आवश्यकता अनुसार सहज र सुरक्षित आवागमनका लागि विशेष रूपमा डिजाइन वा परिमार्जित गरिएका दुई पांग्रे निजी सवारी

AV1

अनुकुलित सवारी (चार पांग्रे)

M1

अपाङ्गता भएका व्यक्तिहरूको विशेष आवश्यकताअनुसार सहज र सुरक्षित आवागमनका लागि विशेष रूपमा डिजाइन वा परिमार्जित गरिएका चार पांग्रे निजी सवारी

B

साना यात्रुवाहक र मालवाहक सवारी

M1, N1

वर्ग A का बाहेकका मोटर सवारी, जसको अनुमति प्राप्त अधिकतम तौल ३,५०० किलोग्राम भन्दा बढी छैन र चालकको सिटको अतिरिक्त आठ सिट भन्दा बढी छैन; वा कोटी B का मोटर सवारी जसमा ट्रेलर जडित छ र जसको अनुमति प्राप्त अधिकतम तौल ७५० किलोग्राम भन्दा बढी छैन; वा कोटी B का मोटर सवारी जसमा ट्रेलर जडित छ र जसको अनुमति प्राप्त अधिकतम तौल ७५० किलोग्राम भन्दा बढी छ तर मोटर सवारीको खाली तौल भन्दा बढी छैन, जहाँ जडित सवारीहरूको संयुक्त अनुमति प्राप्त अधिकतम तौल ३,५०० किलोग्राम भन्दा बढी छैन

B1

मोटर ट्राइसाइकल र क्वाड्रीसाइकल

L2, L5, L6, L7

अधिकतम डिजाइन गति ५० km/h भन्दा बढी भएको र थर्मिक इन्जिनको हकमा ५० cm3 भन्दा बढी विस्थापन आयतन भएको इन्जिन जडित वा इलेक्ट्रिकको हकमा ०.५ किलोवाट भन्दा बढी भएको तीन पांग्रा सममित (symmetrical wheel arrangement) रूपमा जडान गरिएको सवारी; खाली सवारीको तौल (Empty Mass) ३५० केजीसम्म भएको (विद्युतीय सवारीको हकमा ब्याट्रीको तौल बाहेक), अधिकतम डिजाइन गति ४५ km/h सम्म भएको र सकारात्मक प्रज्वलन (Positive Ignition) इन्जिनको हकमा ५० cm3 सम्म विस्थापन आयतन भएको वा अन्य इन्जिनको हकमा Maximum Net Power Output ४ kW सम्म भएको वा विद्युतीय इन्जिनको हकमा Maximum Continuous Rated Power ४ kW सम्म भएको सवारी; L6 वर्गमा नपर्ने ४०० केजी (मालवाहकको हकमा ५५० केजी) सम्म खाली तौल भएको (विद्युतीय सवारीको हकमा ब्याट्रीको तौल बाहेक) र १५ kW सम्म Maximum Continuous Rated Power भएको इन्जिन जडित एवं विद्युतीय सवारी

BE

साना यात्रुवाहक र मालवाहक सवारी (ठुलो ट्रेलर)

M1, N1

ट्रेलर जडित B वर्गका सवारी जसमा ट्रेलरको अधिकतम वजन ७५० के.जी. भन्दा बढी भएको र सवारीको खाली वजन भन्दा बढी भएको वा ट्रेलर जडित B वर्गका सवारी जसमा ट्रेलरको अधिकतम वजन ७५० के.जी. भन्दा बढी भएको र ट्रेलर तथा सवारीको संयुक्त अधिकतम वजन ३.५ टन भन्दा बढी भएको

C

मझौला तथा ठुला मालवाहक सवारी (हलुका ट्रेलर)

N2

अधिकतम वजन ३.५ टन भन्दा बढी भएका वर्ग D बाहेकका सवारी वा ट्रेलर जडित सवारीको हकमा ट्रेलरको अधिकतम वजन 750 kg भन्दा बढी नभएका C वर्गका सवारी

C1

मझौला मालवाहक सवारी (साना)

N2

अधिकतम वजन ३.५ टन भन्दा बढी भएका तर ७.५ टन भन्दा बढी नभएका वर्ग D बाहेकका सवारी वा ट्रेलर जडित सवारीको हकमा ट्रेलरको अधिकतम वजन 750 kg भन्दा बढी नभएका C१ वर्गका सवारी

CE

मझौला तथा ठुला मालवाहक सवारी (ट्रेलर ठुलो)

N3

ट्रेलरको अधिकतम वजन 750 kg भन्दा बढी भएका ट्रेलर जडित C वर्गका सवारी

C1E

मझौला मालवाहक सवारी (ठुलो)

N2

ट्रेलर जडित C1 वर्गका सवारी जसमा ट्रेलरको अधिकतम वजन ७५० के.जी. भन्दा बढी भएको तर सवारीको खाली तौल भन्दा बढी नभएको र सवारी र ट्रेलरको संयुक्त अधिकतम वजन १२ टन भन्दा बढी नभएको

D

मझौला तथा ठुला यात्रुवाहक सवारी (हलुका ट्रेलर)

M2, M3

चालकको सिटको अतिरिक्त आठ सिट भन्दा बढी भएका यात्रुवाहक सवारी वा अधिकतम वजन ७५० के.जी. भन्दा बढी नभएको ट्रेलर जडित D वर्गका सवारी

DE

मझौला तथा ठुला यात्रुवाहक सवारी (ट्रेलर ठुलो)

M2, M3

ट्रेलरको अधिकतम वजन 750 kg भन्दा बढी भएका ट्रेलर जडित D वर्गका सवारी

D1

मझौला तथा ठुला यात्रुवाहक सवारी (९-१६ सिट सम्मको)

M2, M3

चालकको सिटको अतिरिक्त ८ सिट भन्दा बढी भएका तर १६ सिट भन्दा बढी नभएका यात्रुवाहक सवारी वा ट्रेलर जडित सवारीको हकमा ट्रेलरको अधिकतम वजन 750 kg भन्दा बढी नभएका D१ वर्गका सवारी

D1E

ट्रेलर जडित D1 वर्गका यात्रु बोक्नलाई प्रयोग नहुने सवारी

M2, M3

ट्रेलरको अधिकतम वजन ७५० के.जी. भन्दा बढी भएको तर सवारीको खाली तौल भन्दा बढी नभएको र सवारी र ट्रेलरको संयुक्त अधिकतम वजन १२ टन भन्दा बढी नभएका सवारी

F

अग्निनियन्त्रक सवारी

-

आगो निभाउन र नियन्त्रण गर्न विशेष रूपले डिजाइन गरिएको सवारीलाई जनाउँछ, जसमा पानीको ट्यांकी र शमन उपकरणहरू समावेश हुन्छ

I1

निर्माण उपयोगी हुने सवारी साधन

-

क्रेन

I2

निर्माण उपयोगी हुने सवारी साधन

-

डोजर

I3

निर्माण उपयोगी हुने सवारी साधन

-

रोड रोलर

I4

निर्माण उपयोगी हुने सवारी साधन

-

लोडर

I5

निर्माण उपयोगी हुने सवारी साधन

-

एक्सकाभेटर

I6

निर्माण उपयोगी हुने सवारी साधन

-

ब्याकहो लोडर

I7

निर्माण उपयोगी हुने सवारी साधन

-

ग्रेडर

I8

निर्माण उपयोगी हुने सवारी साधन

-

फोर्कलिफ्ट

I9

निर्माण उपयोगी हुने सवारी साधन

-

अन्य

 

पछिल्लो अध्यावधिक: फागुन २४, २०८१ १७:३८