अब १८ क्याटेगरीमा ड्राइभिङ लाइसेन्स, कुन गाडी चलाउन कस्तो लाइसेन्स चाहिन्छ ?
फागुन २४, २०८१ १७:२६
काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लाई १८ ओटा वर्ग (क्याटेगरी)मा विभाजन गर्ने तयारी गरेको छ । हालै सार्वजनिक 'सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१' मा नयाँ वर्गीकरण प्रस्ताव गरिएको हो ।
हाल नौ वर्गमा लाइसेन्स जारी हुँदै आएको छ । विधेयकको मस्यौदा अनुसार वर्ग ‘A’ अन्तर्गत दुई पाङ्ग्रे वा साइडकार जोडिएको तीन पाङ्ग्रे सवारी (L1, L3, L4) पर्नेछन् । यसमा इन्जिनबाट चल्ने सवारी समावेश छन् ।
वर्ग ‘AM’ मोपेड वा स्कुटर (L1, L3, L4) का लागि तोकिएको छ, जुन गियर बिनाको हुन्छ । वर्ग ‘A1’ मा १२५ सीसीभन्दा कम क्षमता र ११ किलोवाट भन्दा कम पावर भएका हलुका मोटरसाइकल समेटिएका छन् । त्यसैगरी वर्ग ‘A2’ ले ३५ किलोवाटसम्म पावर भएका ठुला मोटरसाइकलहरूलाई समेट्ने छ ।
अपाङ्गता भएका व्यक्तिहरूका लागि वर्ग ‘AV’ र ‘AV1’ तोकिएको छ, जसमा अनुकूलित दुई र चार पाङ्ग्रे सवारी (क्रमशः L1, L3, L4 र M1) पर्दछन् । र, यी सवारीहरूमा विशेष सुविधा जोडिएको हुन्छ ।
त्यस्तै वर्ग ‘B’ अन्तर्गत ३५०० किलोग्रामभन्दा कम तौल र आठभन्दा कम सिट भएका यात्रुवाहक वा मालवाहक सवारीहरू (M1, N1) पर्दछन् । यसमा ७५० किलोग्रामभन्दा कम तौलका ट्रेलरहरू पनि समावेश हुन सक्छन् । त्यस्तै वर्ग ‘B1’ मा मोटर ट्राइसाइकल, क्वाड्रिसाइकल (L2, L5, L6, L7) जस्ता सवारीहरू समेटिएका छन् ।
त्यसैगरी वर्ग ‘BE’ ले वर्ग ‘B’ का सवारीमा ७५० किलोग्रामभन्दा बढी तौलका ट्रेलर जोड्ने अनुमति दिन्छ । यसले साना सवारी साधन प्रयोग गर्ने चालकहरूलाई थप सुविधा प्रदान गर्ने बताइएको छ ।
त्यस्तै वर्ग ‘C’ अन्तर्गत साढे तीन टनभन्दा बढी तौलका मालवाहक सवारीहरू (N2) पर्दछन् भने वर्ग ‘C1’ मा ७.५ टनसम्मका मालवाहक सवारीहरू पर्दछन् । वर्ग ‘CE’ ले ठुला ट्रेलर जोडिएका ‘C’ वर्गका सवारीहरूलाई समेट्छ भने वर्ग ‘C1E’ ले ठुला ट्रेलर जोडिएका ‘C1’ वर्गका सवारीहरूलाई समेट्छ ।
वर्ग ‘D’ मा आठभन्दा बढी सिट भएका यात्रुवाहक सवारीहरू (M2, M3) पर्दछन्, जसमा ७५० किलोग्रामभन्दा कम तौलका ट्रेलर पनि समावेश हुन सक्छन् । त्यस्तै वर्ग ‘DE’ ले ठुला ट्रेलर जोडिएका ‘D’ वर्गका सवारीहरूलाई समेट्छ भने वर्ग ‘D1E’ ले ठुला ट्रेलर जोडिएका ‘D1’ वर्गका सवारीहरूलाई समेट्छ । वर्ग ‘D1’ मा ९ देखि १६ सिटसम्मका यात्रुवाहक सवारीहरू पर्दछन् ।
वर्ग ‘F’ अग्नि नियन्त्रणका लागि विशेष रूपमा डिजाइन गरिएका सवारीहरूका लागि तोकिएको छ, जसमा पानीको ट्यांकी र अग्निनियन्त्रण उपकरणहरू समावेश हुन्छन् । वर्ग ‘I1’ (आईवन) देखि ‘19’ (आईनाइन) सम्म भारी उपकरण चलाउनका लागि छुट्टै लाइसेन्स अनिवार्य गरिएको छ ।
यसअन्तर्गत क्रेन (I1), डोजर (I2), रोड रोलर (I3), लोडर (I4), एक्जाभेटर (I5), ब्याकहो लोडर (I6), ग्रेडर (I7), फोर्कलिफ्ट (I8) र अन्य सवारीहरू (I9) पर्दछन् ।
|
लाइसेन्सको वर्ग |
सवारीको प्रकार |
सवारीको वर्ग |
विवरण |
|
A |
दुई पाङ्ग्रे वा साइडकार भएको तीन पांग्रे सवारी |
L1, L3, L4 |
धक्का दिने इन्जिन जडित साइडकार भएको वा नभएको कुनै पनि दुई पाङ्ग्रे सवारी |
|
AM |
दुई पाङ्ग्रे स्कुटर वा मोपेड |
L1, L3, L4 |
धक्का दिने इन्जिन जडित साइडकार भएको वा नभएको गियर बिनाको दुई पाङ्ग्रे सवारी |
|
A1 |
दुई पाङ्ग्रे (हलुका) |
L1, L3, L4 |
125 cm3 भन्दा कम क्षमता र 11 kW भन्दा कम पावर भएका दुई पांग्रे सवारी (लाइट मोटरसाइकलहरू) |
|
A2 |
दुई पाङ्ग्रे (ठुलो) |
L1, L3, L4 |
साइडकार भएको या नभएको दुई पांग्रे सवारी जसको पावर ३५ kW भन्दा बढी नभएको (हेभी मोटरसाइकलहरू) |
|
AV |
अनुकुलित सवारी (दुई पांग्रे) |
L1, L3, L4 |
अपाङ्गता भएका व्यक्तिहरूको विशेष आवश्यकता अनुसार सहज र सुरक्षित आवागमनका लागि विशेष रूपमा डिजाइन वा परिमार्जित गरिएका दुई पांग्रे निजी सवारी |
|
AV1 |
अनुकुलित सवारी (चार पांग्रे) |
M1 |
अपाङ्गता भएका व्यक्तिहरूको विशेष आवश्यकताअनुसार सहज र सुरक्षित आवागमनका लागि विशेष रूपमा डिजाइन वा परिमार्जित गरिएका चार पांग्रे निजी सवारी |
|
B |
साना यात्रुवाहक र मालवाहक सवारी |
M1, N1 |
वर्ग A का बाहेकका मोटर सवारी, जसको अनुमति प्राप्त अधिकतम तौल ३,५०० किलोग्राम भन्दा बढी छैन र चालकको सिटको अतिरिक्त आठ सिट भन्दा बढी छैन; वा कोटी B का मोटर सवारी जसमा ट्रेलर जडित छ र जसको अनुमति प्राप्त अधिकतम तौल ७५० किलोग्राम भन्दा बढी छैन; वा कोटी B का मोटर सवारी जसमा ट्रेलर जडित छ र जसको अनुमति प्राप्त अधिकतम तौल ७५० किलोग्राम भन्दा बढी छ तर मोटर सवारीको खाली तौल भन्दा बढी छैन, जहाँ जडित सवारीहरूको संयुक्त अनुमति प्राप्त अधिकतम तौल ३,५०० किलोग्राम भन्दा बढी छैन |
|
B1 |
मोटर ट्राइसाइकल र क्वाड्रीसाइकल |
L2, L5, L6, L7 |
अधिकतम डिजाइन गति ५० km/h भन्दा बढी भएको र थर्मिक इन्जिनको हकमा ५० cm3 भन्दा बढी विस्थापन आयतन भएको इन्जिन जडित वा इलेक्ट्रिकको हकमा ०.५ किलोवाट भन्दा बढी भएको तीन पांग्रा सममित (symmetrical wheel arrangement) रूपमा जडान गरिएको सवारी; खाली सवारीको तौल (Empty Mass) ३५० केजीसम्म भएको (विद्युतीय सवारीको हकमा ब्याट्रीको तौल बाहेक), अधिकतम डिजाइन गति ४५ km/h सम्म भएको र सकारात्मक प्रज्वलन (Positive Ignition) इन्जिनको हकमा ५० cm3 सम्म विस्थापन आयतन भएको वा अन्य इन्जिनको हकमा Maximum Net Power Output ४ kW सम्म भएको वा विद्युतीय इन्जिनको हकमा Maximum Continuous Rated Power ४ kW सम्म भएको सवारी; L6 वर्गमा नपर्ने ४०० केजी (मालवाहकको हकमा ५५० केजी) सम्म खाली तौल भएको (विद्युतीय सवारीको हकमा ब्याट्रीको तौल बाहेक) र १५ kW सम्म Maximum Continuous Rated Power भएको इन्जिन जडित एवं विद्युतीय सवारी |
|
BE |
साना यात्रुवाहक र मालवाहक सवारी (ठुलो ट्रेलर) |
M1, N1 |
ट्रेलर जडित B वर्गका सवारी जसमा ट्रेलरको अधिकतम वजन ७५० के.जी. भन्दा बढी भएको र सवारीको खाली वजन भन्दा बढी भएको वा ट्रेलर जडित B वर्गका सवारी जसमा ट्रेलरको अधिकतम वजन ७५० के.जी. भन्दा बढी भएको र ट्रेलर तथा सवारीको संयुक्त अधिकतम वजन ३.५ टन भन्दा बढी भएको |
|
C |
मझौला तथा ठुला मालवाहक सवारी (हलुका ट्रेलर) |
N2 |
अधिकतम वजन ३.५ टन भन्दा बढी भएका वर्ग D बाहेकका सवारी वा ट्रेलर जडित सवारीको हकमा ट्रेलरको अधिकतम वजन 750 kg भन्दा बढी नभएका C वर्गका सवारी |
|
C1 |
मझौला मालवाहक सवारी (साना) |
N2 |
अधिकतम वजन ३.५ टन भन्दा बढी भएका तर ७.५ टन भन्दा बढी नभएका वर्ग D बाहेकका सवारी वा ट्रेलर जडित सवारीको हकमा ट्रेलरको अधिकतम वजन 750 kg भन्दा बढी नभएका C१ वर्गका सवारी |
|
CE |
मझौला तथा ठुला मालवाहक सवारी (ट्रेलर ठुलो) |
N3 |
ट्रेलरको अधिकतम वजन 750 kg भन्दा बढी भएका ट्रेलर जडित C वर्गका सवारी |
|
C1E |
मझौला मालवाहक सवारी (ठुलो) |
N2 |
ट्रेलर जडित C1 वर्गका सवारी जसमा ट्रेलरको अधिकतम वजन ७५० के.जी. भन्दा बढी भएको तर सवारीको खाली तौल भन्दा बढी नभएको र सवारी र ट्रेलरको संयुक्त अधिकतम वजन १२ टन भन्दा बढी नभएको |
|
D |
मझौला तथा ठुला यात्रुवाहक सवारी (हलुका ट्रेलर) |
M2, M3 |
चालकको सिटको अतिरिक्त आठ सिट भन्दा बढी भएका यात्रुवाहक सवारी वा अधिकतम वजन ७५० के.जी. भन्दा बढी नभएको ट्रेलर जडित D वर्गका सवारी |
|
DE |
मझौला तथा ठुला यात्रुवाहक सवारी (ट्रेलर ठुलो) |
M2, M3 |
ट्रेलरको अधिकतम वजन 750 kg भन्दा बढी भएका ट्रेलर जडित D वर्गका सवारी |
|
D1 |
मझौला तथा ठुला यात्रुवाहक सवारी (९-१६ सिट सम्मको) |
M2, M3 |
चालकको सिटको अतिरिक्त ८ सिट भन्दा बढी भएका तर १६ सिट भन्दा बढी नभएका यात्रुवाहक सवारी वा ट्रेलर जडित सवारीको हकमा ट्रेलरको अधिकतम वजन 750 kg भन्दा बढी नभएका D१ वर्गका सवारी |
|
D1E |
ट्रेलर जडित D1 वर्गका यात्रु बोक्नलाई प्रयोग नहुने सवारी |
M2, M3 |
ट्रेलरको अधिकतम वजन ७५० के.जी. भन्दा बढी भएको तर सवारीको खाली तौल भन्दा बढी नभएको र सवारी र ट्रेलरको संयुक्त अधिकतम वजन १२ टन भन्दा बढी नभएका सवारी |
|
F |
अग्निनियन्त्रक सवारी |
- |
आगो निभाउन र नियन्त्रण गर्न विशेष रूपले डिजाइन गरिएको सवारीलाई जनाउँछ, जसमा पानीको ट्यांकी र शमन उपकरणहरू समावेश हुन्छ |
|
I1 |
निर्माण उपयोगी हुने सवारी साधन |
- |
क्रेन |
|
I2 |
निर्माण उपयोगी हुने सवारी साधन |
- |
डोजर |
|
I3 |
निर्माण उपयोगी हुने सवारी साधन |
- |
रोड रोलर |
|
I4 |
निर्माण उपयोगी हुने सवारी साधन |
- |
लोडर |
|
I5 |
निर्माण उपयोगी हुने सवारी साधन |
- |
एक्सकाभेटर |
|
I6 |
निर्माण उपयोगी हुने सवारी साधन |
- |
ब्याकहो लोडर |
|
I7 |
निर्माण उपयोगी हुने सवारी साधन |
- |
ग्रेडर |
|
I8 |
निर्माण उपयोगी हुने सवारी साधन |
- |
फोर्कलिफ्ट |
|
I9 |
निर्माण उपयोगी हुने सवारी साधन |
- |
अन्य |
पछिल्लो अध्यावधिक: फागुन २४, २०८१ १७:३८
