close

बालबालिका, असक्त तथा ९० वर्ष माथिका नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य नपर्ने

टेकपाना टेकपाना

चैत ४, २०८१ १५:२७

बालबालिका, असक्त तथा ९० वर्ष माथिका नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य नपर्ने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र नभए पनि बालबालिका, असक्त, असहाय तथा ९० वर्षभन्दा माथिका नागरिकले आवश्यक सेवा लिन पाउने व्यवस्था गरिएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सेवा प्राप्तिमा कुनै बाधा नपरोस् भनेर यस्तो व्यवस्था गरिएको जानकारी गराए ।

‘…बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, असक्त, असहाय अथवा ९० वर्ष भन्दा माथिको हकमा राष्ट्रिय परिचयपत्र नभएता पनि सेवा लिन वाधा नपर्ने व्यवस्था मिलाइएको छ’, उनले भने ।

 

पछिल्लो अध्यावधिक: चैत ४, २०८१ १५:२७