close

वर्ल्डलिंकपछि नेपाल टेलिकमकै रफ्तारमा बजार विस्तार गर्दै वेबसर्फर

टेकपाना टेकपाना

चैत ४, २०८१ २२:१२

वर्ल्डलिंकपछि नेपाल टेलिकमकै रफ्तारमा बजार विस्तार गर्दै वेबसर्फर

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वेबसर्फरले पछिल्लो समय आफ्नो बजार विस्तारलाई आक्रामक बनाएको छ । नयाँ ग्राहक बनाउने मामिलामा वर्ल्डलिंकपछि रहेको नेपाल टेलिकमलाई टक्कर दिन थालेको हो ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो माघ मसान्त २०८१ को एमआईएस रिपोर्ट अनुसार गएको एक वर्षमा नयाँ ग्राहक आकर्षित गर्ने कम्पनीहरूको सूचीमा वेबसर्फर तेस्रो स्थानमा छ ।

यस अवधिमा वर्ल्डलिंकले सबैभन्दा बढी ९७ हजार ९१९ नयाँ ग्राहक बनाएको छ भने दोस्रोमा रहेको नेपाल टेलिकमले ५४ हजार ६२२ र तेस्रोमा रहेको वेबसर्फरले ५३ हजार ६३० ग्राहकलाई जोड्न सफल भएको छ ।

नेपालका शीर्ष १० आईएसपी

स्रोतः नेपाल दूरसञ्चार प्राधिकरण

आईएसपी

माघ २०८०

माघ २०८१

ग्राहक वृद्धि

वर्ल्डलिंक

874862

972,781

97,919

नेपाल टेलिकम

267136

321,758

54,622

डिशहोम

350674

343,825

-6,849

सुबिसु

290554

310,627

20,073

भायानेट

313256

242,333

-70,923

वेबसर्फर

132769

186,399

53,630

क्लासिक टेक

301891

176,120

-125,771

टेक माइन्ड्स

147725

82,960

-64,765

सीजी कम्युनिकेसन्स

67608

76,114

8,506

वाईफाई नेपाल

24797

62,271

37,474

नयाँ ग्राहक विस्तारमा सुबिसु, वाईफाई नेपाल, सीजी कम्युनिकेसन्स जस्ता कम्पनीहरू पनि वेबसर्फरसँग पछि परेका छन् । क्लासिक टेक, भायानेट, डिशहोम र ब्रोडलिंकले त झन् यस अवधिमा उल्टै भएकै ग्राहक समेत गुमाउन पुगेका छन् ।

आक्रामक बनेसँगै बजार प्रतिस्पर्धामा वेबसर्फर एक लाख ८६ हजार ३९९ ग्राहकका साथ एक लाख ७६ हजार १२० ग्राहक रहेको क्लासिक टेकलाई पछि पार्दै देशको छैटौँ ठुलो आईएसपी बनेको छ । हाल वर्ल्डलिंक, नेपाल टेलिकम, डिशहोम, सुबिसु र भायानेट देशको प्रमुख पाँच आईएसपीको सूचीमा छन् ।

जसमध्ये वर्ल्डलिंकका ग्राहक सबैभन्दा धेरै नौ लाख ७२ हजार ७८१ रहेका छन् भने नेपाल टेलिकमका ३ लाख २१ हजार ७५८, डिशहोमका ३ लाख ४३ हजार ८२५, सुबिसुका ३ लाख १० हजार ६२७ र भायानेटका दुई लाख ४२ हजार ३३३ रहेका छन् । 

 

पछिल्लो अध्यावधिक: चैत ४, २०८१ २२:२५