काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वेबसर्फरले पछिल्लो समय आफ्नो बजार विस्तारलाई आक्रामक बनाएको छ । नयाँ ग्राहक बनाउने मामिलामा वर्ल्डलिंकपछि रहेको नेपाल टेलिकमलाई टक्कर दिन थालेको हो ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो माघ मसान्त २०८१ को एमआईएस रिपोर्ट अनुसार गएको एक वर्षमा नयाँ ग्राहक आकर्षित गर्ने कम्पनीहरूको सूचीमा वेबसर्फर तेस्रो स्थानमा छ ।
यस अवधिमा वर्ल्डलिंकले सबैभन्दा बढी ९७ हजार ९१९ नयाँ ग्राहक बनाएको छ भने दोस्रोमा रहेको नेपाल टेलिकमले ५४ हजार ६२२ र तेस्रोमा रहेको वेबसर्फरले ५३ हजार ६३० ग्राहकलाई जोड्न सफल भएको छ ।
नेपालका शीर्ष १० आईएसपी
|
आईएसपी |
माघ २०८० |
माघ २०८१ |
ग्राहक वृद्धि |
|
वर्ल्डलिंक |
874862 |
972,781 |
97,919 |
|
नेपाल टेलिकम |
267136 |
321,758 |
54,622 |
|
डिशहोम |
350674 |
343,825 |
-6,849 |
|
सुबिसु |
290554 |
310,627 |
20,073 |
|
भायानेट |
313256 |
242,333 |
-70,923 |
|
वेबसर्फर |
132769 |
186,399 |
53,630 |
|
क्लासिक टेक |
301891 |
176,120 |
-125,771 |
|
टेक माइन्ड्स |
147725 |
82,960 |
-64,765 |
|
सीजी कम्युनिकेसन्स |
67608 |
76,114 |
8,506 |
|
वाईफाई नेपाल |
24797 |
62,271 |
37,474 |
नयाँ ग्राहक विस्तारमा सुबिसु, वाईफाई नेपाल, सीजी कम्युनिकेसन्स जस्ता कम्पनीहरू पनि वेबसर्फरसँग पछि परेका छन् । क्लासिक टेक, भायानेट, डिशहोम र ब्रोडलिंकले त झन् यस अवधिमा उल्टै भएकै ग्राहक समेत गुमाउन पुगेका छन् ।
आक्रामक बनेसँगै बजार प्रतिस्पर्धामा वेबसर्फर एक लाख ८६ हजार ३९९ ग्राहकका साथ एक लाख ७६ हजार १२० ग्राहक रहेको क्लासिक टेकलाई पछि पार्दै देशको छैटौँ ठुलो आईएसपी बनेको छ । हाल वर्ल्डलिंक, नेपाल टेलिकम, डिशहोम, सुबिसु र भायानेट देशको प्रमुख पाँच आईएसपीको सूचीमा छन् ।
जसमध्ये वर्ल्डलिंकका ग्राहक सबैभन्दा धेरै नौ लाख ७२ हजार ७८१ रहेका छन् भने नेपाल टेलिकमका ३ लाख २१ हजार ७५८, डिशहोमका ३ लाख ४३ हजार ८२५, सुबिसुका ३ लाख १० हजार ६२७ र भायानेटका दुई लाख ४२ हजार ३३३ रहेका छन् ।
पछिल्लो अध्यावधिक: चैत ४, २०८१ २२:२५
