close

नेपालको आफ्नै लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) बनाउँदै सरकार

टेकपाना टेकपाना

चैत ७, २०८१ १४:३२

नेपालको आफ्नै लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) बनाउँदै सरकार

काठमाडौं । नेपाल सरकारले आफ्नै लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) बनाउने तयारी गरेको छ । बिहीबार ललितपुरस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘एआई फर नेसन्स डेभलपमेन्ट’ नामक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव नारायण तिमल्सिनाले यसबारे जानकारी दिएका हुन् । 

नेपालमा एआई नीतिका लागि भइरहेको पहलबारे प्रस्तुतीकरण दिँदै उपसचिव तिमल्सिनाले नेपाली भाषाको स्थानीय लार्ज ल्याङ्ग्वेज मोडेल बनाउने तयारी भइरहेको बताए ।

“अहिले एलएलएम बनाउने विषयमा बहस भइरहेको छ,” उनले भने ।

नेपालको आफ्नै लार्ज ल्याङ्गेज मोडेल विकास भए नेपाली भाषालाई प्रवर्द्धन गर्नुका साथै विभिन्न क्षेत्रहरूमा प्रविधिको प्रभाव सुदृढ हुने विश्वास लिइएको छ । यसमा काम गर्नका लागि सरकारले विभिन्न विशेषज्ञ र संस्थाहरूलाई समावेश गर्ने योजना बनाएको छ ।

एआईको स्थानीयकरणलाई प्राथमिकता दिने योजनासहित यो परियोजना अगाडि बढाउन लागिएको तिमल्सिनाले सुनाए । 

 

पछिल्लो अध्यावधिक: चैत ७, २०८१ १४:४१