काठमाडौं । मोबाइल ब्रान्ड नथिङले नेपाली बजारमा १४ चैतदेखि १८ चैतसम्म ‘फ्ल्यास सेल अफर’ सञ्चालन गर्ने भएको छ ।
यस अन्तर्गत कम्पनीले नथिङ टुए (Nothing 2a) मोडेलमा ६ हजार छुट दिनेछ । यो अफर सबै प्रमुख अफलाइन च्यानलहरू, सीजी डिजिटल, हुकुट, दराज, ओलिज स्टोर, नियो स्टोर र अन्य अनलाइन च्यानलहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नथिङ (टुए) को ८ जीबी तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ४५ हजार ९९९ रुपैयाँ रहेकोमा फ्ल्यास सेल अफर अवधिभर ३९ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिनेछ ।
त्यस्तै ८ जीबी तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ५२ हजार ९९९ रुपैयाँ रहेकोमा फ्ल्यास सेल अफर अवधिभर ४६ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिनेछ ।