close

३६० डिग्रीसम्म घुम्न सक्ने अल्ट्राथिन डिस्प्ले भएको फोन ल्याउँदै सामसङ

टेकपाना टेकपाना

चैत १६, २०८१ १४:३१

३६० डिग्रीसम्म घुम्न सक्ने अल्ट्राथिन डिस्प्ले भएको फोन ल्याउँदै सामसङ

काठमाडौं । सामसङले ३६० डिग्रीसम्म घुम्न सक्ने अल्ट्राथिन डिस्प्ले भएको फोनको पेटेन्ट सार्वजनिक गरेको छ । हालै सार्वजनिक गरिएको यो पेटेन्टले फोल्डेबल डिस्प्लेलाई पूर्ण रूपमा बाहिर घुमाउने दाबी गरिएको छ ।

पेटेन्ट विवरण अनुसार यस प्रविधिले प्रयोगकर्तालाई आफ्नो आवश्यकता अनुसार फोनलाई सानो बनाएर बोक्न वा ठुलो स्क्रिनमा परिवर्तन गर्न सक्ने सुविधा दिनेछ ।

हाल बजारमा उपलब्ध फोल्डेबल फोनहरू प्रायः भित्रपट्टि मात्रै फोल्ड हुन्छन् भने डिजाइनको सीमितताका कारण १८० डिग्रीसम्म मात्रै घुम्न सक्छन् ।

सामसङको नयाँ पेटेन्टले ३६० डिग्रीसम्म घुम्न सक्ने डिस्प्लेको विकास गरेर नयाँ समाधान देखाएको छ । यो आविष्कारमा दुई फरक फोल्डिङ क्षेत्र प्रयोग गरिएको छ, जसले विभिन्न एङ्गलमा फोल्ड हुन सक्ने क्षमता प्रदान गर्छ ।

अल्ट्राथिन ग्लास (यूटीजी) हुनुका साथै यसको फ्लेक्जिबल स्क्रिनमुनि विशेष डिजाइन गरिएका पहिलो र दोस्रो प्लेटहरू र एड्हेसिभ लेयरहरू प्रयोग गरिनेछ । यी प्लेटहरूमा जाली वा धारीदार ढाँचाहरू र सिलिकन वा पोलियुरेथेन जस्ता नरम र लचिलो सामग्रीहरू प्रयोग गरिनेछ ।

यसबाट स्क्रिनलाई क्षति नपुर्‍याई सहज र पूर्ण फोल्डिङ सम्भव बनाउने कम्पनीले जनाएको छ । साथै यसमा विभिन्न फोल्डहरूको लागि फरक (कस्टमाइज) अक्षरहरू फोल्ड अक्षहरू हुनेछन् । त्यस्तै हरेक फोल्डिङ ओरिएन्टेसनमा क्यामेराले पूर्ण रूपमा काम गर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: चैत १६, २०८१ १४:४४