काठमाडौं । तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा एनी कुँवर पक्राउ परेकी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार ललितपुरबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा कुँवर पत्रकार सुरेश रजक जलेको घरको भर्याङबाट ओर्लिरहेकी देखिन्छिन् । उक्त घटनामा संलग्नता रहेको आशङ्कामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जीसीले अर्काको घरमा अनधिकृत प्रवेश गरेको तथा अपराधमा संलग्नता भएको हुनसक्ने आशङ्कामा कुँवरलाई पक्राउ गरिएको टेकपानालाई बताए ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न सक्रिय अनुसन्धान जारी राखेको उनले जानकारी दिए ।