close

चितवनमा दीपल ईभीको औपचारिक विक्री सुरु, ३ दिने टेस्ट ड्राइभ क्याम्प सञ्चालनमा

टेकपाना टेकपाना

चैत २९, २०८१ ८:३३

चितवनमा दीपल ईभीको औपचारिक विक्री सुरु, ३ दिने टेस्ट ड्राइभ क्याम्प सञ्चालनमा

काठमाडौँ । चितवनमा दीपल ईभीको औपचारिक विक्रीवितरण सुरु भएको छ । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले राजहंस अटोमोबाइलमार्फत नयाँ शोरुम सञ्चालनमा ल्याउँदै बुधबारदेखि दीपल ईभी विक्रीवितरण थालेको हो ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलिप थानेत, एमएडब्लू वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा दिपलका मोडेलहरू एस०७एल र ई०७ सार्वजनिक गरिएका हुन् ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले कम्पनीहरूलाई विक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्न सुझाव दिए । त्यस्तै, एमएडब्लु वृद्धि प्रमुख कार्यकारी अधिकृत रुपेश भट्ट शर्माले नेपालमा सार्वजनिक भएको एक वर्षमै ८०० भन्दा बढी दीपल ईभी विक्री भइसकेको जानकारी दिए ।

नयाँ शोरुमको सुरुवातसँगै चितवनमा बिहीबारदेखि तीनदिने ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ सुरु गरिएको छ । क्याम्प अवधिभर दिपल ई०७, एस०७, एस०७एल र एल०७ मोडेलको टेस्ट ड्राइभ गर्न सकिनेछ ।

परीक्षण क्याम्पमा सहभागीले २० प्रतिशत डाउनपेमेन्टमा गाडी किन्न सक्नेछन् । साथै, ग्राहकले निःशुल्क ७ किलोवाट चार्जर, एसेसोरिज, नगद छुट, पुराना गाडीको आकर्षक मूल्यांकन र एक्सचेन्ज बोनस प्राप्त गर्नेछन् । टेस्ट ड्राइभ गर्ने सबै ग्राहकलाई उपहार समेत प्रदान गरिने बताइएको छ ।

दीपल ईभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेस्ट स्पिकर लगायत १५ भन्दा बढी फिचरहरू उपलब्ध छन् । कम्पनीले उक्त प्रविधि र डिजाइनकै कारण दीपल नेपाली बजारमा लोकप्रिय भएको जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत २९, २०८१ ८:३३