काठमाडौँ । चिनियाँ स्मार्टफोन कम्पनी भिभोले फोटोग्राफी प्रेमीलाई लक्षित गर्दै ‘भिभो भी ५० लाइट’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यो फोनलाई भी सिरिजको हालसम्मकै उच्च ब्याट्री क्षमता र फोटोग्राफीमा केन्द्रित प्रविधियुक्त मोडलको रूपमा प्रस्तुत गरेको छ ।
६,५०० एमएएचको ब्लु वल्ट ब्याट्री रहेको फोनमा ९० वाटको फ्ल्यास चार्ज प्रविधि दिइएको छ । ६.७७ इन्चको १२० हर्ज अल्ट्रा भिजन पी–ओलेड डिस्प्ले सहित फोनमा प्रिमियम डिजाइन, ग्लो रिङ क्यामेरा मोड्युल र हाई-ग्लास मेटालिक फ्रेम जस्ता विशेषता छन् ।
भी ५० लाइटमा ५० मेगापिक्सेलको सोनी आई मुख्य क्यामेरा र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । साथै, एआई इरेज, एआई फोटो इनह्यान्स जस्ता स्मार्ट फोटोग्राफी टुलले प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउने कम्पनीको दाबी छ ।
प्रोसेसरका हिसाबले फोन मिडियाटेक डाइमेन्सिटी ६३०० (फाइभजी) र स्न्यापड्रागन ६८५ (फोरजी) गरी दुई भेरियन्टमा उपलब्ध छ । ८ जीबी र्याम + २५६ जीबी स्टोरेज भएको मोडलको मूल्य ३७,९९९ रुपैयाँ र १२ जीबी र्याम + २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ४५,९९९ रुपैयाँ तोकिएको छ ।
सार्वजनिक कार्यक्रममा भिभो नेपालका ब्रान्ड एम्बेसडर पारस खड्काको उपस्थिति रहेको थियो भने कमेडियन एलन जङ थापा, आयुष श्रेष्ठ, अपूर्व क्षितिज सिंह र बीटी कान्छाले प्रस्तुति दिएका थिए ।