काठमाडौँ । अब मतदाता परिचयपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत यस किसिमको कार्यक्रम अघि सारेको हो ।
बिहीबार सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मतदाता परिचयपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी निर्वाचनको विश्वसनीयता अभिवृद्धि गरिने बताए । यसको सुरुवात काठमाडौँ उपत्यकाबाट गरिने भएको छ ।