close

ह्वावेले ल्यायो स्विच गर्न मिल्ने डुअल टेलिफोटो क्यामेरा भएको ‘पुरा ८० अल्ट्रा’ स्मार्टफोन

टेकपाना टेकपाना

जेठ २९, २०८२ ६:५८

ह्वावेले ल्यायो स्विच गर्न मिल्ने डुअल टेलिफोटो क्यामेरा भएको ‘पुरा ८० अल्ट्रा’ स्मार्टफोन

काठमाडौँ । चिनियाँ कम्पनी ह्वावेले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ‘पुरा ८०’ (Pura 80) सिरिज सार्वजनिक गरेको छ । त्यसअन्तर्गतको ‘पुरा ८० अल्ट्रा’ मा रहेको स्विच गर्न मिल्ने डुअल टेलिफोटो क्यामेरा विशेष आकर्षण बनेको छ । यसले एउटै सेन्सरबाट दुई फरक लेन्स प्रयोग गर्न सकिने सुविधा दिएको छ ।

फोनको पछाडि रहेको तीन क्यामेरा रिङमध्ये सबैभन्दा ठुलो रिङभित्र दुई ओटा फरक टेलिफोटो लेन्स राखिएका छन् । यी दुवै लेन्स एउटै इमेज सेन्सर र एउटै पेरिस्कोपिक प्रणालीमा आधारित छन् ।  कम्पनीका अनुसार यस मोडेलमा प्रयोग भएको १/१.२८ इन्चको ठुलो टेलिफोटो सेन्सर सामान्य फोनको टेलिफोटोभन्दा ठुलो हो । 

यसमा एउटा चलायमान प्रिज्म जडान गरिएको छ, जसले छानिएको लेन्सबाट प्रकाशलाई सेन्सरसम्म पुर्याउँछ ।

एक चलायमान प्रिजममार्फत लेन्सबाट आउने प्रकाश एउटै सेन्सरमा पठाउने प्रविधि प्रयोग गरिएको ह्वावेले जनाएको छ । यो प्रविधि सोनी एक्सपिरियाका केही फोनमा प्रयोग गरिएको भेरिएबल टेलिफोटोभन्दा फरक छ । जहाँ जुम दुरी परिवर्तन गर्न एउटै लेन्सको पेरिस्कोपिक संरचनाका भागहरूलाई चलाइन्छ ।

यी दुई लेन्सबाट क्रमशः ३.७ एक्स (८३ एमएम) र ९.४ एक्स (२१२ एमएम) अप्टिकल जुम सम्भव हुन्छ । छोटो जुम लेन्समा f/2.4 अपर्चर रहेको छ भने यो ५० मेगापिक्सेल क्षमताको क्यामेरा हो ।

दोस्रो लेन्समा f/3.6 अपर्चरसहित १२.५ मेगापिक्सेल रेजोलुसन दिइएको छ, जुन एउटै सेन्सर भए पनि पिक्सेल बिनिङ वा सेन्सर क्रपिङ प्रयोग भएको अनुमान गरिन्छ । 

ह्वावेका अनुसार एउटै सेन्सरबाट दुई ओटा टेलिफोटो लेन्स चलाउनु खर्च घटाउने र फोनलाई पातलो राख्न सक्ने प्रविधि हो । यस प्रविधिको प्रयोगले दुई ओटा अलग पेरिस्कोप सिस्टमको आवश्यकता हटाउने र अन्य उच्चस्तरीय कम्पोनेन्ट राख्न थप स्थान दिने कम्पनीले उल्लेख गरेको छ । 

पछिल्लो अध्यावधिक: जेठ २९, २०८२ ७:०