close

रु. १७ हजारमै ८ जीबी र्‍याम भएको जेडटीई स्मार्टफोन, मासिक रु. १७०० को किस्ताबन्दी अफर

टेकपाना टेकपाना

असार २४, २०८२ १७:२७

रु. १७ हजारमै ८ जीबी र्‍याम भएको जेडटीई स्मार्टफोन, मासिक रु. १७०० को किस्ताबन्दी अफर

काठमाडौँ । स्मार्टफोन ब्रान्ड जेडटीई कर्पोरेसनले नेपाली बजारमा आफ्ना स्मार्टफोन खरिद गर्न चाहने ग्राहकका लागि शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी (ईएमआई) सुविधा ल्याएको छ । जगदम्बा हायर पर्चेजसँगको सहकार्यमा कम्पनीले मंगलबारदेखि देशभर यस्तो सुविधा लागू गरेको हो ।

योजनाअन्तर्गत ग्राहकले अब अतिरिक्त ब्याज वा शुल्क तिर्नु नपरी सजिलै स्मार्टफोन खरिद गर्न सक्नेछन् ।

यो योजनाको मुख्य विशेषता यसको सरलता हो । कम्पनीका अनुसार यसका लागि ग्राहकले झन्झटिलो कागजी प्रक्रिया पूरा गर्नु पर्दैन । केवल नागरिकताको प्रमाणपत्रकै आधारमा यो सुविधा प्राप्त गर्न सकिने बताइएको छ ।

ग्राहकले छ महिनासम्मको मासिक किस्ताबन्दीमा स्मार्टफोन खरिद गर्न सक्नेछन् । कम्पनीले १६ हजारदेखि १९ हजार रुपैयाँ मूल्यका स्मार्टफोनमा यो सुविधा उपलब्ध गराएको छ । हाल यस मूल्य दायरा भित्र कम्पनीका तीन मोडेल उपलब्ध छन्:

जेडटीई भी ७० म्याक्स

  • ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज
  • ​मूल्य: रु. १५,९९९
  • रु. ६,४०० डाउनपेमेन्ट गरेर मासिक रु. १६०० किस्तामा खरिद गर्न सकिने

जेडटीई भी ७० डिजाइन

  • ८ जीबी र्‍याम, १२८ जीबी स्टोरेज
  • ​मूल्य: रु. १६,९९९
  • रु. ६,८०० डाउनपेमेन्ट गरी मासिक रु. १७०० किस्तामा उपलब्ध

भी ७० डिजाइन (हाइ स्टोरेज भेरियन्ट)

  • ८ जीबी र्‍याम, २५६ जीबी स्टोरेज
  • ​मूल्य: रु. १८,९९९
  • रु. ७,६०० डाउनपेमेन्ट गरेर मासिक रु. १९०० किस्तामा खरिद गर्न सकिने

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १९:१५