close

काठमाडौँमा प्रहरीको १०० नम्बर आज ४ घण्टा अवरुद्ध हुने, यी हुन् वैकल्पिक नम्बर

टेकपाना टेकपाना

साउन १४, २०८२ ७:३५

काठमाडौँमा प्रहरीको १०० नम्बर आज ४ घण्टा अवरुद्ध हुने, यी हुन् वैकल्पिक नम्बर

काठमाडौँ । नेपाल प्रहरीको आकस्मिक सेवा नम्बर १०० आज (बुधबार) काठमाडौँ जिल्लामा चार घण्टाका लागि अवरुद्ध हुने भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले मङ्गलबार एक सार्वजनिक सूचना जारी गर्दै बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म आकस्मिक नम्बर १०० मा फोन नलाग्ने जानकारी दिएको हो ।

कार्यालयका अनुसार भद्रकालीमा रहेको नव-निर्मित प्रहरी परिचालन कक्ष (Police Control Room) को मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले उक्त सेवा अवरुद्ध हुन लागेको हो । सेवा अवरुद्ध हुने अवधिमा कुनै पनि आकस्मिक घटना, सूचना वा सहयोगका लागि प्रहरीले वैकल्पिक सम्पर्क नम्बरहरू उपलब्ध गराएको छ । 

सर्वसाधारणले कुनै पनि आवश्यक कामका लागि निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन्:

  • प्रहरी कन्ट्रोल कक्ष: ९८५१२८३०२६

  • ट्राफिक कन्ट्रोल: १०३, ९८५१२९५१००

  • महिला तथा बालबालिका खोज तलास केन्द्र, भृकुटीमण्डप: १०४

  • जिल्ला प्रहरी परिसर, काठमाडौँ: ९८५१२८३०१२

  • जिल्ला प्रहरी परिसर, ललितपुर: ९८५१२८३०१७

  • जिल्ला प्रहरी परिसर, भक्तपुर: ९८५१२८३०२०

प्रहरीले मर्मत सम्भारको अवधिमा सर्वसाधारणलाई पर्न जाने असुविधाप्रति क्षमा माग्दै वैकल्पिक नम्बरको प्रयोग गरी सहयोग गर्न अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: साउन १४, २०८२ ७:५१