close

नेपालमा विश्वकै पातलो फोल्डेबल फोन भित्र्याउँदै अनर, रुचाउलान् प्रयोगकर्ताले ?

टेकपाना टेकपाना

साउन २३, २०८२ १७:२४

नेपालमा विश्वकै पातलो फोल्डेबल फोन भित्र्याउँदै अनर, रुचाउलान् प्रयोगकर्ताले ?

काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्रान्ड अनरले विश्वकै पातलो फोल्डेबल स्मार्टफोन ‘अनर म्याजिक भी फाइभ’ यसै अगस्ट महिनामा नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । फोल्डेबल स्मार्टफोनको बजारमा नयाँ मानक स्थापित गर्ने रणनीतिसहित कम्पनीले नेपाली उपभोक्ताका लागि यो मोडेल विस्तार गर्न लागेको हो । 

८.८ मिलिमिटर मात्र मोटाइ भएको म्याजिक भी फाइभ हाल बजारमा उपलब्ध फोल्डेबल फोनहरूमध्ये पातलो हो । उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्न यसमा अल्ट्रा-स्मुथ फोल्डेबल ओएलईडी डिस्प्ले राखिएको छ । त्यस्तै फास्ट फर्फमेन्सका लागि स्न्यापड्रागन ८ एलिट प्रोसेसर छ । त्यस्तै १६ जीबीसम्मको र्‍याम दिइएको छ ।

फ‍ोनमा एड्भान्स्ड एआई, ट्रिपल-क्यामेरा सेटअप र दिनभर टिक्ने ब्याट्री लगायतका विशेषता रहेकाले प्रयोगकर्तालाई सहज मल्टिटास्किङ र असाधारण फोटोग्राफीको सुविधा पुग्ने कम्पनीको विश्वास छ । 

कम्पनीले ‘अनर म्याजिक भी फाइभ’ को सार्वजनिक मिति, मूल्य र प्रि-अर्डरसम्बन्धी थप जानकारी डै उपलब्ध गराउने जानकारी दिएको छ ।

यो फोन बन्द गर्दा ८.८ एमएमको हुन्छ, जब कि ओप्पोको फाइन्ड एन फाइभ ८.९ एमएमको हुन्छ । यस हिसाबले हेर्दा यस फोनलाई अहिलेसम्मकै पातलो फोन मान्न सकिन्छ । तर कम्पनीले क्यामेरा सेटअपका लागि भने बम्प दिएका कारण फोन अलि भारी देखिन्छ । 

यो फोन २१७ ग्रामको छ । ब्याट्री ५,८२० एमएएच क्षमताको रहेको छ । दुवै स्क्रिनमा १२० हर्जको रिफ्रेसरेट पाउन सकिन्छ भने फोनले आईपी ५८ र आईपी५९ दुवै धुलो र पानी प्रतिरोधात्मक रेटिङ पाएको छ । 

फोनमा ५० मेगापिक्सेलको दुईओटा वाइड एंगल क्यामेरा, ६४ मेगापिक्सेलको मुख्य क्यामेरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।

पछिल्लो अध्यावधिक: साउन २३, २०८२ १८:५