close

नाइमा मोबिलिटी एक्स्पो थप एक दिन चल्ने

टेकपाना टेकपाना

साउन २५, २०८२ ९:५९

नाइमा मोबिलिटी एक्स्पो थप एक दिन चल्ने

काठमाडौँ । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ थप एक दिन चल्ने भएको छ । अवलोकनकर्ताको अप्रत्याशित भिड बढेपछि प्रदर्शनी सोमबार (भोलि)सम्म थप गरिएको आयोजक नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले जनाएको छ ।

शनिबार मुसलधारे वर्षाको बावजुद पनि प्रदर्शनीमा दर्शकको उत्साहजनक सहभागिता रहेको नाइमाले उल्लेख गरेको छ । उसका अनुसार शनिबार मात्रै २१ हजार ५०० व्यक्तिले एक्स्पो अवलोकन गरेका थिए ।

एक्स्पोमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले आफ्ना सवारी तथा सम्बन्धित उत्पादनहरू प्रदर्शनमा राखेका छन् । 

स्थापनाको केही महिनामै आयोजना गरिएको पहिलो प्रदर्शनीमा पाएको सहभागिताबाट उत्साहित हुँदै नाइमाले आगामी दिनमा पनि नेपालको मोबिलिटी क्षेत्रमा थप योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

पछिल्लो अध्यावधिक: साउन २५, २०८२ १०:१४