close

मस्टाङपछि अब फोर्डको अर्को चर्चित कार विद्युतीय अवतारमा आउँदै, अगस्ट ११ मा घोषणा हुने

टेकपाना टेकपाना

साउन २५, २०८२ १४:२३

मस्टाङपछि अब फोर्डको अर्को चर्चित कार विद्युतीय अवतारमा आउँदै, अगस्ट ११ मा घोषणा हुने

काठमाडौँ । अमेरिकी अटोमोबाइल निर्माता फोर्डले आफ्नो चर्चित ‘मस्टाङ’ लाई विद्युतीय गाडीमा रूपान्तरण गरेर सफलता पाएपछि अब अर्को लोकप्रिय कारलाई पूर्ण विद्युतीय अवतारमा फर्काउने संकेत गरेको छ । यही ११ अगस्टमा विशेष लाइभस्ट्रिममार्फत कम्पनीले नयाँ गाडी र आफ्नो ईभी भविष्यको योजनाबारे विस्तृत जानकारी दिन लागेको हो ।

एक ब्लग लेख्दै कम्पनीले यसलाई ‘मोडेल टी मोमेन्ट’ (Model T moment) को संज्ञा दिएको छ । यसको अर्थ फोर्डले मोडेल टीको इतिहास स्मरण गर्दै नयाँ ईभीलाई पनि त्यस्तै सस्तो र सबैका लागि पहुँचयोग्य बनाउन लक्ष्य लिएको विश्लेषण गरिएको छ ।

सन् १९०८ मा बजारमा आएको मोडेल टीले व्यक्तिगत यातायातलाई सर्वसुलभ बनाएको थियो । त्यो समयको सर्वाधिक लोकप्रिय कारलाई ‘युनिभर्सल कार’ भनिन्थ्यो । जसलाई सजिलै चलाउन र मर्मत गर्न सकिन्थ्यो ।

मोडल टी लाई डेट्रोइटको एक ऐतिहासिक कारखानामा गोप्य रूपमा विकास गरिएको थियो । किनभने त्यस समयको अटोमोबाइल उद्योगमा प्रतिस्पर्धा निकै कडा थियो ।

अहिले विद्युतीय गाडीको बजार पनि अत्यन्तै प्रतिस्पर्धी रहेको अवस्थामा फोर्डले गोप्य रूपमा नयाँ गाडी विकास गरिरहेको बुझ्न सकिन्छ ।

यो कदम कम्पनीले आफ्नो प्रतिष्ठित स्पोर्ट्स कार ‘मस्टाङ’ लाई विद्युतीय ‘मस्टाङ म्याक-ई’ एसयूभीमा रूपान्तरण गरेर पाएको व्यावसायिक सफलतापछि चाल्न लागेको हो । मस्टाङ म्याक-ई को सफलताले फोर्डलाई आफ्ना अन्य क्लासिक र लोकप्रिय ब्रान्डहरूलाई पनि विद्युतीय भविष्यतर्फ लैजान प्रेरित गरेको देखिन्छ ।

पछिल्लो अध्यावधिक: साउन २५, २०८२ १४:२३