close

याडिया भेलक्स विद्युतीय स्कुटरको मूल्य ४० हजार रुपैयाँ घट्यो, अब कति पर्छ ?

टेकपाना टेकपाना

साउन २८, २०८२ १८:३१

याडिया भेलक्स विद्युतीय स्कुटरको मूल्य ४० हजार रुपैयाँ घट्यो, अब कति पर्छ ?

काठमाडौँ । विद्युतीय दुईपाङ्ग्रे ब्रान्ड याडियाले आफ्नो भेलक्स (Velax) स्कुटरको मूल्य ४० हजार रुपैयाँले घटाएको छ । नेपालका लागि याडियाको आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले यसअघि दुई लाख ८५ हजार रुपैयाँ मूल्य रहेको रहेको स्कुटर अब दुई लाख ४५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको हो ।

यसमा ३२०० वाटको मोटर जडान गरिएको छ जसले १७२ एनएम टर्क उत्पन्न गर्छ । यो स्कुटर प्रतिघण्टा ६२ किलोमिटरको उच्चतम गतिमा कुद्न सक्ने बताइएको छ । एक पटकको फुल चार्जमा १०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ ।

यसमा ७२ भोल्ट र ३० एम्पियर आवर क्षमताको एलएफपी (लिथियम आइरन फोस्फेट) ब्याट्री प्रयोग गरिएको छ । ​स्कुटरमा पार्किङ र ह्यान्डलिङलाई सहज बनाउन रिभर्स मोड, लामो यात्राका लागि क्रुज कन्ट्रोल तथा अतिरिक्त सुरक्षाका लागि सीबीएस सहितको फ्रन्ट र रियर डिस्क ब्रेकजस्ता विशेषता छन् । यसको ग्राउन्ड क्लिरेन्स १७० मिलिमिटर छ ।

याडियाले भेलक्सको ब्याट्री र मोटर दुवैमा तीन वर्ष वा ५० हजार किलोमिटरको वारेन्टी प्रदान गरेको छ ।

पछिल्लो अध्यावधिक: साउन २८, २०८२ १८:३१