close

चांगान अटोको इलेक्ट्रिक ह्याचब्याक ‘लुमिन’ नेपाली बजारमा, मूल्य २२.९९ लाख

टेकपाना टेकपाना

भदौ ५, २०८२ १४:८

चांगान अटोको इलेक्ट्रिक ह्याचब्याक ‘लुमिन’ नेपाली बजारमा, मूल्य २२.९९ लाख

काठमाडौँ । नेपालका लागि चांगान अटोको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले नयाँ इलेक्ट्रिक ह्याचब्याक ‘लुमिन’ सार्वजनिक गरेको छ । नाडा अटो शो २०२५ को अवसर पारी सार्वजनिक भएको यो कम्प्याक्ट कारको मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

लुमिनमा २८.८ किलोवाट आवरको ब्याट्री र ३५ किलोवाटको मोटर छ । कम्पनीका अनुसार यसले एक पटकको फुल चार्जमा ३०१ किलोमिटर (एनईडीसी) को रेन्ज प्रदान गर्छ । 

डीसी फास्ट चार्जरबाट चार्ज गर्दा यसको ब्याट्री ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन केवल ३५ मिनेट लाग्ने कम्पनीको दाबी छ ।

यो कारमा १०.२५ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, कार-प्ले, स्मार्ट किलेस इन्ट्री, मोबाइल एपबाटै गाडी कन्ट्रोल गर्न सकिने, इलेक्ट्रोनिक नब सिफ्टर जस्ता फिचर उपलब्ध छन् । सानो आकारको भए पनि यसमा १०४ लिटरदेखि ५८९ लिटरसम्मको लगेज स्पेस रहेको कम्पनीले जनाएको छ ।

“सुरक्षाका लागि डुअल एयरब्याग, बलियो स्टिल बडी, एनबुस्टर ब्रेकिङ सिस्टम, ईएसपी र ब्याट्री फोर्ट्रेस सेफ्टी सिस्टम जस्ता विशेषता दिइएको छ,” कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रमुख कार्यकारी अधिकृत रुपेश शर्मा भट्टले भने । उनका अनुसार चांगान लुमिन रमाइलो सहरी यात्राका लागि तयार पारिएको र आधुनिक जीवनशैली सुहाउँदो स्मार्ट कार हो ।

 

पछिल्लो अध्यावधिक: भदौ ५, २०८२ १४:२७