close

एससीटी-युनियनपे कार्ड बोक्नेले लबिम मलमा रु. १ मा ५ घण्टासम्म गाडी पार्किङ गर्न सक्ने

टेकपाना टेकपाना

भदौ १७, २०८२ १६:४१

एससीटी-युनियनपे कार्ड बोक्नेले लबिम मलमा रु. १ मा ५ घण्टासम्म गाडी पार्किङ गर्न सक्ने

काठमाडौँ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र ललितपुरको लबिम मलबिचको सहकार्यमा एससीटी-युनियनपे कार्डवाहकहरूका लागि विशेष पार्किङ सुविधा सुरु भएको छ । यो योजनाअन्तर्गत ग्राहकले लबिम मलको अनुडरग्राउन्ड पार्किङमा प्रति घण्टा मात्र रु. १ को दरमा ५ घण्टासम्म पार्किङ गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त संस्था एससीटीले आफ्ना ग्राहकहरूलाई थप सुविधा दिने उद्देश्यले यो योजना ल्याएको हो । ग्राहकले यो सुविधा प्रयोग गर्नका लागि आफ्नो एससीटी-युनियनपे कार्डबाट लबिम मलमा रहेको पीओएस मसिनमा पार्किङ अवधिअनुसार भुक्तानी गर्नुपर्नेछ ।

यो सेवा सेप्टेम्बर महिनाभर लागु हुनेछ । एससीटी-युनियनपे डेबिट कार्ड लिन चाहने ग्राहकले एससीटीका सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट सजिलै कार्डका लागि आवेदन दिन सक्नेछन् । एससीटी-युनियनपे कार्डवाहकहरूलाई आगामी दिनमा यस्तै थप लाभ र सुविधाहरू प्रदान गरिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: भदौ १७, २०८२ १७:०