close

सूचीकरण हुन नआएका सामाजिक सञ्जाललाई कारबाही गर्ने विषयमा सञ्चार मन्त्रालयमा बैठक जारी

टेकपाना टेकपाना

भदौ १९, २०८२ १३:५३

सूचीकरण हुन नआएका सामाजिक सञ्जाललाई कारबाही गर्ने विषयमा सञ्चार मन्त्रालयमा बैठक जारी

काठमाडौँ । सरकारद्वारा तोकिएको सूचीकरणको म्याद सकिएपछि सम्पर्कमा समेत नआएका सामाजिक सञ्जालमाथि कस्तो कारबाही गर्ने भन्ने विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बैठक जारी छ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, मन्त्रालयका सचिव, सहसचिव तथा नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारी सहभागी छन् ।

यसअघि सत्तारुढ दल नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सूचीकरण नगर्ने सामाजिक सञ्जाल बन्द हुने संकेत गर्दै फेसबुकमा लेखेपछि प्रतिबन्धको सम्भावना थपिएको छ ।

मन्त्रालयका उच्च अधिकारीहरूले पनि मन्त्रिपरिषद् बैठकबाट नै म्याद तोकिएको भन्दै सूचीकरणमा नआउने सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय बनाउँदै लैजाने निर्णय भएको जनाएका छन् । यसै कारण प्रतिबन्ध लाग्ने सम्भावना प्रबल रहेको उनीहरूको भनाइ छ ।

"सूचीकरणका लागि सम्पर्कमै नआउने सामाजिक सञ्जालमाथि मन्त्रिपरिषद्को निर्णयअनुसार कारबाही हुन्छ । यसै विषयमा छलफल गर्न मन्त्रीज्यूको अध्यक्षतामा बैठक बसेको हो । केही न केही महत्त्वपूर्ण निर्णय आउनेछ, ढुक्का हुनुहोस्," बैठक सुरु हुनुअघि मन्त्रालयका एक सहसचिवले टेकपानासँग भने ।

पछिल्लो अध्यावधिक: भदौ १९, २०८२ १३:५३