close

‘हाम्रो पात्रो’ एप सहित यी हुन् सरकारले बन्द गर्न लागेका सामाजिक सञ्जाल, कुन कुन चल्छन् ?

टेकपाना टेकपाना

भदौ १९, २०८२ १७:५

‘हाम्रो पात्रो’ एप सहित यी हुन् सरकारले बन्द गर्न लागेका सामाजिक सञ्जाल, कुन कुन चल्छन् ?

काठमाडौँ । सूचीकरण नभएका २६ ओटा सामाजिक सञ्जाल बन्द गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

मन्त्रालयले बिहीबार अपराह्न प्राधिकरणलाई पत्र पठाउँदै तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्कमा समेत नआएका सञ्जाललाई बन्द गर्न तयारी थालेको हो ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बिहीबार बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणमा नआउने सामाजिक सञ्जाललाई नेपालभित्र प्रतिबन्ध गर्ने निर्णय गरेको थियो ।

यसअघि, ९ भदौको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको प्रस्तावमा सात दिनको समय दिएर सामाजिक सञ्जाललाई सूचीकरणका लागि आह्वान गरेको थियो । त्यसपछि मन्त्रालयले भदौ १२ गते सूचना निकालेर थप सात दिनको म्याद दिएको थियो ।

मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् । त्यस्तै टेलिग्राम र ग्लोबल डाइरी सूचीकृत हुने प्रक्रियामा रहेको उनले जानकारी दिए ।

बन्द हुने सामाजिक सञ्जालहरूको सूची :

  • फेसबुक

  • म्यासेन्जर

  • इन्स्टाग्राम

  • युट्युब

  • ह्वाट्सएप

  • ट्वीटर (एक्स)

  • लिंक्डइन

  • स्न्यापच्याट

  • रेडिट

  • डिस्कर्ड

  • पिन्ट्रेस्ट

  • सिग्नल

  • थ्रेड्स

  • वीच्याट

  • कोरा

  • टम्बलर

  • क्लब हाउस

  • मास्टोडन

  • रम्बल

  • मि वी

  • भिके

  • लाइन

  • इमो

  • जालो

  • सोल

  • हाम्रो पात्रो

पछिल्लो अध्यावधिक: भदौ १९, २०८२ १९:१७