एमालेकै नेता गोकुल बाँस्कोटाले दिए सामाजिक सञ्जाल प्रतिबन्धलाई ‘उत्तर कोरिया’ को संज्ञा
भदौ १९, २०८२ १९:३६
काठमाडौँ । पूर्व सञ्चारमन्त्री समेत रहेका नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई उत्तर कोरियाको संज्ञा दिएका छन् । फेसबुकमा एक स्टाटस लेख्दै उनले विकृतिको अन्त्य गर्ने उपाय सूचनाबाट नै वञ्चित गर्ने नभएको उल्लेख गरे ।
उनले लेखेका छन्, “नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथेँ मैले । तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ । विकृति अन्त गर्न सूचनामा बिर्को लगाउने हैन नि ।”
यसअघि बाँस्कोटा आफू सञ्चारमन्त्री हुँदा ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तुत गरेका थिए । तर उक्त विधेयकले प्रेस स्वतन्त्रतामा हनन पुर्याउने भन्दै विरोध भएपछि कानुन निर्माणको चरणसम्म जान सकेको थिएन ।
पछिल्लो अध्यावधिक: भदौ १९, २०८२ १९:३६
