close

डिपफेक प्रविधि प्रयोग गरेर एमालेविरुद्ध कुप्रचार भइरहे पनि जनताको विश्वास कायमै छ: ओली

टेकपाना टेकपाना

भदौ २०, २०८२ १९:८

डिपफेक प्रविधि प्रयोग गरेर एमालेविरुद्ध कुप्रचार भइरहे पनि जनताको विश्वास कायमै छ: ओली

 

काठमाडौँ । गोदावरीमा शुक्रबारदेखि सुरु भएको नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा बोल्दै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले डिपफेक लगायतका प्रविधि प्रयोग गरेर एमालेविरुद्ध घृणित दुष्प्रचार भइरहेको बताएका छन् । उनले यस्ता लाञ्छनाका बाबजुद पनि नेपाली जनताले एमालेलाई विश्वास गरिरहेको र पार्टी राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रुपमा रहेको दाबी गरे ।

महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “विरोधीले अनेक हल्ला गरे पनि, प्रचार गरे पनि, जे सुकै गरे पनि, एमालेलाई ध्वस्त पार्छु, सिध्याउँछु भने पनि, दिनैपिच्छे कुप्रचार गरे पनि, झुट प्रचार गरे पनि, डिपफेक फैलाए पनि, असत्य मात्रै होइन, महा असत्य, अत्यन्तै घिन लाग्दा, असभ्य त्यस्ता लाञ्छनाहरूको वर्षा गरे पनि नेपाली जनताले हाम्रा विरुद्धका त्यस्ता घृणित लाञ्छनाहरूलाई विश्वास गरेको छैन ।”

उनले जनताको यही विश्वास र सहयोगका कारण एमाले आज सरकारमा रहेको र राष्ट्रिय राजनीतिमा एक निर्णायक तथा मजबुत शक्तिको रूपमा स्थापित भएको बताए ।

पछिल्लो अध्यावधिक: भदौ २०, २०८२ १९:८