close

भोलिदेखि हुने स्नातक दोस्रो वर्षको आंशिक परीक्षा स्थगित

टेकपाना टेकपाना

भदौ २३, २०८२ १९:२०

भोलिदेखि हुने स्नातक दोस्रो वर्षको आंशिक परीक्षा स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चार वर्षे स्नातक तहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाहरू स्थगित गरेको छ ।

एक सूचना जारी गर्दै विश्वविद्यालयले देशैभरका परीक्षा केन्द्रमा २४, २५ र २६ भदौमा सञ्चालन हुने स्नातक दोस्रो वर्षको परीक्षा स्थगित गरिएको जनाएको छ ।

सोमबार राजधानीसहित देशका विभिन्न ठाउँमा जेनजीले गरेको आन्दोलनका कारण देशैभर तनावपूर्ण अवस्था सृजना भएपछि त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

स्थगित गरिएका परीक्षाहरू २, ४ र ५ असोजमा तोकिएकै परीक्षा केन्द्र र समयमा सञ्चालन हुने भएको छ । बाँकी दिनका परीक्षाहरू भने यथावत् सञ्चालन हुनेछन् । 

 

पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ १९:२०