close

हरिसिद्धीस्थित डिभिजन वन कार्यालयमा आगजनी

टेकपाना टेकपाना

भदौ २४, २०८२ ११:३५

हरिसिद्धीस्थित डिभिजन वन कार्यालयमा आगजनी

काठमाडौँ । ललितपुरको हरिसिद्धीस्थित डिभिजन वन कार्यालयमा मंगलबार ‘जेन–जी आन्दोलन’ का प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । पछिल्लो एक घण्टादेखि कार्यालय परिसरमा आगो सल्किरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

ललितपुरको ठैबदेखि सातदोबाटोसम्म सडकमा प्रदर्शनकारीको बाक्लो उपस्थिति रहेको छ । विभिन्न स्थानमा टायर बालिएका कारण यातायात आवागमन अवरुद्ध भएको छ ।

एक प्रत्यक्षदर्शीका अनुसार एम्बुलेन्सलाई मात्र आवतजावत गर्न दिइएको छ तर दमकल अझै स्थलमा पुगेको छैन । “आगो निभाउन दमकल आए पनि गुड्न सक्ने अवस्था छैन,” उनले बताए ।

पछिल्लो अध्यावधिक: भदौ २४, २०८२ ११:३५