काठमाडौँ । देशभर चर्किँदै गएको जेनजी आन्दोलनका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान गरेका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार एक अपिल जारी गर्दै हिजो राजधानीसहित देशका विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिका घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
उनले कुनै पनि रूपको हिंसा राष्ट्रको हितमा नहुने भन्दै शान्तिपूर्ण संवादमार्फत मात्र समस्याको समाधान खोज्ने परम्परा कायम गर्नुपर्नेमा जोड दिएका छन् ।
‘उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निस्कर्ष निकाल्नका लागि संबद्ध पक्षसँग संवादमै रहेको छु । त्यसैका लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान गरेको छु,’ प्रधानमन्त्री ओलीले अपिलमार्फत जनाएका छन् ।
उनले सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई यो विषम परिस्थितिमा संयम रहन पनि आग्रह गरेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ २४, २०८२ १५:४५
