close

संसद् विघटनको सर्त राख्दै बालेनले भनेः अब जेन जीले सेना प्रमुखसँग वार्ता गर्नेछ

टेकपाना टेकपाना

भदौ २४, २०८२ १५:४८

संसद् विघटनको सर्त राख्दै बालेनले भनेः अब जेन जीले सेना प्रमुखसँग वार्ता गर्नेछ

काठमाडौँ । जेन जी पुस्ता र जनतामाथि चर्को दमनमा उत्रिएको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा लगत्तै काठमाडौँका मेयर बालेन्द्र शाह 'बालेन' ले जेन जीलाई सम्बोधन गरेका छन् । मङ्गलबार फेसबुकमा एक पोस्ट राख्दै उनले संसद् विघटनलाई प्रमुख सर्त बनाएका छन् ।

जेन जीलाई सेना प्रमुखसँग वार्ताका लागि तयार हुन आह्वान गर्दै उनले भनेका छन्, "अब तपाईँको पुस्ताले देशको नेतृत्व गर्नु पर्नेछ ।" उनले यो नितान्त जेन जीको आन्दोलन भएको कुरा स्मरण गराउँदै भनेका छन्, ''तपाईँहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनु होला । देशको जनधनको क्षति भनेको तपाईँ हाम्रै सम्पत्तिको क्षति हो । तपाईँ-हामी अब संयमित हुन जरुरी छ ।"

पछिल्लो अध्यावधिक: भदौ २४, २०८२ १५:४८