close

आज राति १० बजेदेखि देशभर नेपाली सेना सहितको सुरक्षाफौज तैनाथी हुने

टेकपाना टेकपाना

भदौ २४, २०८२ २१:३४

आज राति १० बजेदेखि देशभर नेपाली सेना सहितको सुरक्षाफौज तैनाथी हुने

काठमाडौँ । नेपाली सेनाले अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा आज राति १० बजेदेखि देशव्यापी रूपमा तैनाथी गर्ने घोषणा गरेको छ । जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डा, काठमाडौँले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

पछिल्लो विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै केही समूहहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याउने, लुटपाट एवं आगजनी गर्ने कार्य गरिरहेको भन्दै यस्ता गतिविधिहरू रोक्न सेनाले आग्रह गरेको छ ।

सूचनामा भनिएको छ, “हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्न/नगराउन नेपाली सेना पुन: आग्रह गर्दछ ।”

सेनाले सम्पूर्ण राष्ट्रवासीलाई यस कार्यमा सहयोगका लागि अपिल समेत गरेको छ । सुरक्षा स्थितिको पुनर्मूल्याङ्कन गरी थप सूचना जारी गरिने जानकारी पनि दिइएको छ ।

 

पछिल्लो अध्यावधिक: भदौ २४, २०८२ २१:३४